२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्नी र छोरीहरुसहित प्रचण्ड युएई प्रस्थान



अ+ अ-

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गरेका छन् ।

नेकपा अध्यक्ष प्रचण्ड मंगलबार बिहान युएई प्रस्थान गरेका हुन् । लामो समयदेखि बिरामी पत्नी सीताको इच्छामा यो भ्रमण तय गरिएको पारिवारिक स्रोतले जनाएको छ ।५ दिने युएई भ्रमणका क्रममा अध्यक्ष दाहालको कुनै पनि राजनीतिक भेटघाटको कार्यक्रम तय नभएको बताइएको छ ।

भ्रमण टोलीमा पत्नी सीता, छोरीहरु रेणु दाहाल र गंगा दाहाल रहेका छन् । नेकपा अध्यक्ष प्रचण्डले सोमबार बसेको पार्टी सचिवालय बैठकमा आफ्नो यूएई भ्रमणबारे जानकारी गराएका थिए ।