९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसंघीय प्रमुखद्वारा नाइजेरिया घटनाप्रति निन्दा



अ+ अ-

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नाइजेरियामा भएको सर्वसाधारण नागरिकमाथिको साङ्घातिक हमलाको निन्दा गर्नुभएको छ ।

हालैमात्र नाइजेरियामा भएको आतंककारी हमलामा परी कम्तीमा पनि ६५ जना सर्वसाधारणको ज्यान गएको थियो । सर्वसाधारणको यसरी ज्यान लिनु मानवमाथिको जघन्य अपराध भएको उहाँले सोमबार एक विज्ञप्ति प्रकाशन गरी बताउनुभएको छ ।

उहाँका उपप्रवक्ता फहरान हकले प्रकाशन गर्नुभएको विज्ञप्तिमा यस्तो आतंककारी हमला गरी सर्वसाधारणको ज्यान लिने कार्य अन्तर्राष्ट्रिय कानुनको हनन् तथा मानवताविरोधी ठूलो अपराध हो भन्नुभएको छ । महासचिव गुटेरेसले यस्ता आतंककारी हमलाबाट ज्यान गएका नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गर्दै उनीहरुका आफन्तजनहरुमा समवेदना प्रकट गर्नुभएको छ ।

महासचिव गुटेरेसले जे जस्तासुकै मागहरु भएपनि तिनको समाधान शान्तिपूर्ण प्रक्रियाबाटै समाधान हुने भएकाले वार्ताका माध्यमबाट समाधान खोज्न सो विज्ञप्तिमार्फत आग्रह गर्नुभएको छ ।

नाइजेरियाको उत्तरपूर्वी सहर बोर्नोमा शनिबार भएको हमलामा परी ती नागरिकको ज्यान गएको थियो ।
एक स्थानीयको मलामी गएर फर्किएका उनीहरुलाई नाइजेरियामा हत्या हिंसा जारी राखेको बोको हराम नामक आतंककारी संगठनले गरेको साङ्घातिक हमलामा ६५ जनाको ज्यान गएको थियो ।

नाइजेरियामा सन् २००९ देखि यहाँको सरकारका विरुद्धमा बोको हरामले हिंसात्मक आन्दोलनको घोषणा गरेको थियो । त्यसयता उनीहरुले गरेका यस्ता हमलाहरुमा परी कम्तीमा पनि २७ हजार नाइजेरियाली नागरिकको ज्यान गइसकेको छ ।