९ आश्विन २०८१, बुधबार
,
Latest
प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:… यसपटकको चाडपर्वमा १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान पदक विजेता भलिबल खेलाडी नगदसहित सम्मानित कुलोमा डुबेर एक बालिकाको मृत्यु भारतीय ट्रकमा आगजनी गर्ने दुई जना पक्राउ शनिबारदेखि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुला हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

ब्राजिलको कारागारमा हिंसात्मक झडप रोकिएन, एकै दिन ५७ जना मारिए



अ+ अ-

रियो डि जेनेरो । ब्राजिलको उत्तरी राज्य पारामा रहेको एक कारागारमा भएको दङ्गामा परी मारिने व्यक्तिको सङ्ख्या ५७ पुगेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन् ।


यस झडपमा परी १६ जनाको तत्कालै मृत्यु भएको र अन्य ४१ जनाको जेलभित्र फैलिएको विषाक्त धुवाँका कारण ज्यान गएको छ ।

यद्यपी १६ जनाको घाँटी काटिएको थियो भने अन्य ४१ जनाको मृत्यु जेलको एउटा भागमा आगो लगाइएपछि धुवाँमा निसासिएर भएको अधिकारीहरूले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
कारागारभित्र रहेका दुई परस्पर विरोधी समूहबीच भएको हिंसा भड्किएको अधिकारीहरूले जनाएका छन् ।
पारा प्रान्तको अल्टामिरास्थित जेलभित्रको एउटा भवनमा राखिएका बन्दीले अर्को भवनमा आक्रमण गरेको स्थानीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बन्दीको कब्जामा परेका दुई जेल अधिकारीहरूलाई मुक्त गरिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान करिब ७ बजे सुरु भएको हिंसा मध्याह्नतिर नियन्त्रणमा आएको अधिकारीहरूले बताएका छन् ।हिंसा भड्किएको अल्टामिराको जेलमा १ सय ६३ जना कैदी मात्र रहने क्षमताको रहेको, तर सो जेलमा ३ सय ४३ भन्दा बढी कैदीहरु रहेका थिए । ब्राजिल सरकारले ४६ जना कैदीलाई तत्काल जेलबाट सार्न आदेश दिएको छ ।

ब्राजिलका जेलहरुमा करिब सात लाख बन्दीहरु रहेका छन् । विश्वमै सबैभन्दा बढी बन्दी रहेका देशहरूमा ब्राजिल तेस्रो हो । त्यहाँ रहेका जेलमा भिडभाड हुने गरेको छ ।
गत मे महिनामा एकै दिन चार फरक फरक कारागारमा ४० जना कैदी मारिएका थिए । १५ जना कैदी मारिएको भोलिपल्ट पछिल्लो घटना भएको हो ।

सन् २०१७ को जनवरीमा देशका दुई प्रमुख गिरोहबीच विभिन्न जेलहरूमा हिंसामा परी १३० जनाभन्दा बढी कैदी मारिएका थिए । हिंसा र लागूपदार्थसम्बन्धी कारोबारविरुद्धको कारबाहीका कारण केही दशकयता ब्राजिलका जेलमा बन्दीहरूको सङ्ख्या बढेको छ ।