२० भाद्र २०८३, शनिबार
,
Latest
बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन इरानमाथि दबाब बढाउँदै अमेरिका र युरोपेली राष्ट्र भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी दाइ अब ‘वसन्त श्रवण’ कहिले गर्ने ? भोटेकोशी बाढीपछि बेपत्ता भएका आफन्तको पर्खाइमा नेपालगञ्जका अनलाल चीन, रोमानिया र क्रोएसिया जोड्ने नयाँ सिधा हवाई मार्ग सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक हप्तादेखि स्थिर रहेको सुनको भाउमा वृद्धि



अ+ अ-

काठमाडौं । एक हप्तादेखि स्थिर रहेको सुनको भाउमा सामान्य वृद्धि भएको छ।

आइतबारसम्म तोलाको ६५ हजारमा कारोबार भएको सुन सोमबार २ सयले बढेर ६५ हजार २ रुपैयाँमा कारोबार भएको थियो।

मंगलबार पनि सुन तोलाको ६५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै तेजावी सुनमा पनि सामान्य वृद्धि भएको छ। आइतबार ६४ हजार ५ सयमा कारोबार भएको तेजाबी सुन सोमबार ६४ हजार ९सय रुपैयाँमा कारोबार भएको थियो। मंगलबार पनि तेजावी सुन सोही मूल्यमा कारोबार भइराखेको छ।

यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ।आइतबार तोलाको ७७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार र मंगलबार सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ।