२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



अ+ अ-

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुव्बा अव्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । एउटै व्यक्तिलाई तीन वटा फर्मको नाममा टेण्डर हाल्न लगाएर सत्याको दररेट स्वीकृत गरेको तथा प्रतिस्पर्धालाई सीमित बनाउन टेण्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा पटकपटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी विद्युतीय सामग्रीहरू खरिद गरेको अख्तियारले जनाएको छ ।