९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनकपुरका दुई उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा



अ+ अ-

जनकपुरधाम । जनकपुर उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र अर्का उपसचिवसहित ६ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

आर्थिक वर्ष २०७४/२०७५ मा विद्युतीय सामग्रीहरू खरिद गर्दा अनियमितता ११ लाख ३५ हजार ४११ रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले उपसचिव अर्जुनप्रसाद सुवेदीसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले प्रमुख प्रशासकीय अधिकृत सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुव्बा अव्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्रविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत सुवेदीसमेतले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रसँग मिलेमतो गरेको पाइएको अख्तियारको अनुसन्धानले देखाएको छ । एउटै व्यक्तिलाई तीन वटा फर्मको नाममा टेण्डर हाल्न लगाएर सत्याको दररेट स्वीकृत गरेको तथा प्रतिस्पर्धालाई सीमित बनाउन टेण्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा पटकपटक सीमाभन्दा बढी मूल्यमा स्वीकृत दररेटभन्दा बढी विद्युतीय सामग्रीहरू खरिद गरेको अख्तियारले जनाएको छ ।