१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘भारतको उच्च प्राथमिकतामा नेपाल’



अ+ अ-

काठमाडौं । भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्यले भारतको राजनीतिक तहले नेपाललाई उच्च प्राथमिकतामा राखेको र दुई देशका सबै मुद्दामा छलफल भइरहेको बताएका छन् । नेपालका समस्या र सम्बन्धका प्राथमिकताबारे विदेशमन्त्री एस। जयशंकरसँग तीन दिनअघि खुलेर कुराकानी गरेको र नेपाली दिमागमा उठेका सबै प्रश्नरविषयमा छलफल भएको आचार्यले जानकारी दिए ।

नेपाल–भारत डुबान, सीमा समस्यालगायत सबै विषयमा भारतीय राजनीतिक तहले चासो दिएर छलफल गरेको आचार्यको भनाइ छ । नरेन्द्र मोदी नेतृत्वको दोस्रो सरकारले नेपालसँग राजनीतिक तहबाट भन्दा कर्मचारीतन्त्रबाट सम्बन्ध सञ्चालन गर्न खोजेको भन्दै आलोचना भइरहँदा आचार्यले यस्तो टिप्पणी गरेका हुन् ।

‘भारतका विदेशमन्त्री एस। जयशंकरसँग मेरो शिष्टाचार भेट थियो । तर, भेट शिष्टाचारमा सीमित भएन, नेपाल–भारत सम्बन्धमा द्विपक्षीय वार्ताजस्तै भयो,’ १० साउनमा साउथ ब्लकमा विदेशमन्त्रीसँग भएको भेटबारे आचार्यले दिल्लीबाट टेलिफोनमा भने । राजदूत आचार्यले दिल्लीमा विदेश सचिव विजय केशव गोखलेसँग एक महिनाअघि भेटेका थिए भने तीन दिनअघि विदेशमन्त्री जयशंकरसँग भेटेका छन् ।

विदेश सचिवबाट अवकाश पाएर विदेशमन्त्री भएका जयशंकरसँगको भेट ‘राजनीतिक’ भएको अथ्र्याएका राजदूत आचार्यले त्यसअघि पनि अनौपचारिक भेट भएको बताए । ‘त्यो पहिलो औपचारिक भेट हो, तर अनौपचारिक रूपमा पहिलो भेट होइन,’ आचार्यले भने, ‘नेपालका अप्ठ्यारा–सफ्ठ्यारा सबै कुराकानी भए । नेपाली दिमागमा उठेका सबै कुरा मैले गरेको छु । महत्वपूर्ण र राम्रो छलफल भयो ।’

बाढी, डुबानजस्ता विषयमा पछिल्लोपटक भारतको राजनीतिक तहसँग नेपालको छलफल हुन नसकेको टिप्पणीबारे राजदूत आचार्यले भने, ‘यी सबै विषयमा छलफल भएको छ । नेपालको चासो र चिन्ता राखिएको छ । विस्तृतमा भन्न चाहन्नँ, तर नेपालीलाई परेका अप्ठ्याराका सबै पक्ष मैले राखेको छु । परिणामका लागि प्रतीक्षा गरौँ ।’
आदित्यनाथको पशुपतिनाथ र मुक्तिनाथ भ्रमण गर्ने इच्छा
नेपालको सीमावर्ती उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पशुपतिनाथ र मुक्तिनाथ भ्रमणमा आउने इच्छा राखेका छन् । राजदूत आचार्यसँग ८ साउनमा लखनउमा भएको कुराकानीका क्रममा आदित्यनाथले सीमावर्ती बाँध र भारतीय सुरक्षाकर्मीबाट नेपाली नागरिकलाई सिमानामा हुने भनिएको दुव्र्यवहारबारे प्रदेश र केन्द्र सरकार गम्भीर रहेको पनि उल्लेख गरेका छन् ।

‘योगी आदित्यनाथजीसँग निकै लामो र खुला छलफल भयो,’ आचार्यले भने, ‘उहाँले प्रदेशका सबै अधिकारी राखेर नेपालको चासो सुन्नुभयो ।’ आचार्यले यही बीचमा हरियाणा र पञ्जाबका मुख्यमन्त्री एवं गभर्नरसँग भेटवार्ता गरेका थिए । चार महिनापछि हरियाणाको कुरुक्षेत्रमा आयोजना हुने गीता जयन्तीका लागि नेपाललाई निमन्त्रणा आएको पनि उनको भनाइ थियो ।

राजदूत आचार्यले सीमावर्ती राज्य उत्तरप्रदेशबाहेक सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङ ९गोले०, पश्चिम बंगालका गभर्नर केशरीनाथ त्रिपाठीसँग भेट गरेका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले व्यस्तता देखाउँदै राजदूत आचार्यसँग भेट्न मानिनन् । ‘अब बिहारका मुख्यमन्त्रीसँग भेटको प्रयास गर्दै छु,’ आचार्यले भने, ‘एकचरण सीमावर्ती राज्यका मुख्यमन्त्रीसहित सरकारसँग भेटेर द्विपक्षीय चासो र सरोकारका विषयमा छलफल गर्छु । त्यसपछि दिल्लीमा राजनीतिक तहमा भेटवार्ता गर्छु ।’, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।