९ आश्विन २०८१, बुधबार
,
Latest
पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली प्रधानमन्त्री ओली र फिनल्याण्डका राष्ट्रपति स्टबबीच भेटवार्ता प्रधानमन्त्री ओली र सामोआका समकक्षीबीच भेटवार्ता आइएमई गरेकी भाग्यशाली सेवाग्राही: प्रमीला रोकायाले जितिन् नगद १ करोड डेङ्गीको प्रकोप: लामखुट्टेको बासस्थान नियन्त्रणका कार्यक्रम संञ्चालन गर्दे महानगर मलाई पक्राउ गर्न दशैं कुर्नु पर्दैन,आधार प्रमाणले यी चिजहरु देखियो भन्नुस, मेरो झोला रेडी छ:…
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कफी टाइकुन सिद्धार्थको शव भेटियो



अ+ अ-

काठमाडौं । भारतका सबैभन्दा ठूलो कफी चेन क्याफे कफी डे (सीसीडी) का संस्थापक वीजी सिद्धार्थको शव बुधबार बिहान मेंगलुरुको नेत्रावती नदीमा भेटिएको छ । उनि कर्नाटकका पूर्व मुख्यमन्त्री एसएम कृष्णाका ज्वाईं समेत हुन् ।

मंगलुरुका पुलिस कमिश्नर संदीप पाटिलका अनुसार हुइगेबजार नजिकै नदीमा तैरिरहेको अवस्थामा उनको शव भेटिको हो ।परिवारका सदस्यहरुले उनको शव भएको पुष्टि गरेपछि अस्पताल लैजाने प्रहरीको तयारी छ ।

सोमबार राती उनी हराएपछि दुइ सयजना खोजी अभियानमा जुटेका थिए । यतिबेला कोस्ट गार्डको जहाज आइसीजीएस राजदूत र एसीवी (एच–१९८) को पनि मद्दत लिइयो ।

२७ जुलाईमा लेखिएको सिद्धार्थको एउटा पत्र सार्वजनिक भएको थियो जसमा उनले इक्विटी पार्टनर तथा ऋणदाताहरुको दबाबबारे जानकारी दिएका थिए । जुन सिद्धार्थकै भएको पुष्टि भएको प्रहरीले जनाएको छ । उनले व्यवसायीको रुपमा आफू असफल भएको पनि बताएका थिए । क्याफे कफी डे परिवार र निर्देशकलाई सम्बोधन गरिएको सिद्धार्थको पत्रमा लेखिएको छ, ‘म लामो समयदेखि संघर्ष गरिरहेँ, तर अब सम्भव रहेन । म आफ्नो प्राइभेट इक्विटी पार्टनर र अन्य ऋणदाताको दबाव झेल्न सक्दिनँ । इनकम ट्याक्सका एक महानिर्देशकको उत्पीडन पनि सामना गर्नु परेको छ ।’

इनकम ट्याक्स डिपार्टमेन्टले भने आफ्नो कारवाहीको बचाउ गर्दै पत्रको सत्यतामाथि शंका गरेको छ ।

भारतीय सञ्चार माध्यमहरुकाअनुसार पत्रमा सिद्धार्थले सबै गल्तीका लागि आफू जिम्मेवार रहेको बताएका छन् । उनले भनेका छन्, ‘मेरो उद्देश्य कहिल्यै धोका दिने थिइन । मलाई आश छ कि एक न एक दिन तपाईले यो सम्झनु हुनेछ ।’