२० भाद्र २०८३, शनिबार
,
Latest
प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री भोटेकोशी बाढीमा परेर भारतीय मूलका चार अष्ट्रेलियन नागरिक सम्पर्कविहीन
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुर्गम क्षेत्र अबको तीन वर्षभित्र सुगम बन्नेछन्: सांसद बस्नेत



अ+ अ-

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नंखेलमा निर्माण भएको ट्रस पुल सञ्चालनमा ल्याइएको छ । सांसद एवं पूर्वउद्योगमन्त्री महेश बस्नेतले उद्घाटन गरेका हुन् । सांसद बस्नेतले भक्तपुरका प्रत्येक दुर्गम क्षेत्रलाई अबका तीन वर्षभित्र सुगम बनाइने घोषणा गर्दै अरनिको राजमार्गबाट १५० मिटरभित्र रहेर पनि दुर्गम नंखेल अब सुगममा परिणत हुने बताए ।

उहाँले पलासेदेखि डोलेश्वरसम्मको सडक निर्माण दशैँअघि नै सम्पन्न हुने, मासपाटीदेखि जोरपाटी सडक, भातेढिकुरदेखि नंखेल जाने सडक, पलासेदेखि काँक्राबारी जाने सडक केन्द्रीय योजनामा पार्न सफल भएको बताए । सांसद बस्नेतले दिव्येश्वरी तथा बृहत् खानेपानी आयोजनाले ३०० घरलाई खानेपानी पुग्ने गरी ल्याउन लागेको बताउँदै उनले अब सूर्यविनायक क्षेत्रमा खानेपानीको अभाव नहुने र नयाँ खानेपानीको मुहानलाई व्यवस्थित गरिने बताए ।

वडा नं ९ का वडाध्यक्ष उपेन्द्र केसीले सूर्यविनायक नगरपालिकाको रू ११ लाख र ट्रस पुल निर्माणका तर्फबाट रु ११ लाख गरी कूल रु २२ लाखको लागतमा पुल निर्माण गरिएको र यसबाट यहाँका बासिन्दालाई निकै सहज भएको बताए ।