१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेलम्चीको १० नम्बर वडा कार्यालयमा आगजनी



अ+ अ-

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका १० कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र र फर्निचर जलेर नष्ट भएका छन् ।

बुधबार बिहान साढे तीन बजेदेखि चार बजेको बीचमा आगजनी भएको छ । आगो लागेको जानकारी पाएलगत्तै स्थानीयले आगो निभाउन खटिएका थिए ।

वडाअध्यक्ष भक्तबहादुर खड्काका अनुसार एउटा हल र दुई कोठा भएको भवनभित्रका सबै सामान कामै नलाग्ने गरी जलेका छन् । भवनभित्र दराज, सोफा, कम्प्युटर, प्रिन्टर, कागजपत्र लगायतका सामान थिए ।

मेलम्ची प्रहरी कार्यालयका इन्सपेक्टर महेन्द्र दर्नालले बिहान ६ बजेतिर आफूले घटनाबारे जानकारी पाएको अनुसन्धान गरिरहेको बताए । ‘ताल्चा काटेर भित्र भएका सबै कागजपत्र एकै थुप्रो लगाएर जलाएको देखिन्छ, सबै कुरा योजनापूर्वक गरेको देखियो,’ निरीक्षक दर्नालले भने।