१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

एनसेल टावरमा बम, आगो लगाउने प्रयास



अ+ अ-

ललितपुर । ललितपुरको कोन्जोस्योम गाउँपालिका वडा नम्बर २ मा रहेको एनसेल टावरमा अपरिचित ब्यक्तिको समूहले आगो लगाउने प्रयास गरेको छ।

गएराति करिब साढे १० बजेतिर उनीहरूले टावरमा लगेको तारको मुठोमा आगो लगाएर भागेको महानगरीय प्रहरी परीसर जावलाखेलका प्रवक्ता नारायन चिमरीयाले जानकारी दिए। उनका अनुसार उक्त समूहले तारमा आगो लगाएर रातो र कालो तार जडित प्रेसर कुकर छाडेर हिँडेका थिए।

नेपाली सेनाको टोलीले उक्त बम डिस्पोज गरेको छ। वडाध्यक्ष ध्रुब घिमिरेले बिहान सवा ७ बजे बम डिस्पोज गरिएको जानकारी दिए।

स्थानीयले तत्काल आगो निभाएका कारण क्षति नभएको चिमरियाले बताए। एनसेलको टावरसँगै ४र५ वटा घर पनि छन्।

घटनास्थल कोन्जोस्योम गाउँपालिका कार्यलयबाट करिब २० किलोमिटर दक्षिण पश्चिम पर्छ।

आगजनीपछि भाग्दा मकैबारी माडिएको देखिएकाले समूह ठूलै रहेको प्रहरीको अनुमान छ।घटनामा सरकारद्वारा प्रतिबन्धित विप्लव समूहको संलग्नताको शंका प्रहरीले गरेको समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।