१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौ वर्षीया बालिका बलात्कृत, एक लाखमा मिलापत्र



अ+ अ-

पर्वत । पर्वतमा नौ वर्षीया बालिका बलात्कृत भएको घटना एक लाख रुपैयाँ दिएर मिलाउने प्रयास गरिएको छ । जघन्य अपराध गाउँमै मिलाउने तयारी भएको खुलेपछि मानवअधिकारकर्मीको प्रयासमा घटनाको एक सातापछि प्रहरीले आरोपीलाई पक्रेको छ । बलात्कारको आरोपमा कुश्मा नगरपालिका– ९ कटुवाचौपारीका वडा सदस्य ६९ वर्षीय विष्णुहरि पराजुली पक्राउ परेका हुन् ।

स्रोतका अनुसार आरोपी पराजुलीले ६ साउनमा आफैँले सञ्चालन गरेको राइस मिलमा बालिकालाई बोलाएर बलात्कार गरेका थिए । बलात्कारपछि उनले १० रुपैयाँ दिएर बालिकालाई फकाएर घर पठाएका थिए । तर, बालिका बिरामी परेपछि परिवारले घटनाबारे थाहा पाएको थियो । त्यसपछि पराजुलीले पीडित परिवारलाई १० हजार रुपैयाँ दिने र घटना गुपचुप मिलाउने प्रस्ताव राखे । तर, पीडित पक्षको तर्फबाट केही व्यक्तिले एक लाख रुपैयाँ मागेका थिए । पराजुली सो रकम तिर्न सहमत भए । यद्यपि उनीहरूबीच लेनदेन हुन पाएको थिएन । पराजुलीले १६ साउनमा मात्र पैसा दिने बताएका थिए । तर, प्रहरीले १४ साउनमै उनलाई नियन्त्रणमा लिएको छ ।

बलात्कृत बालिकालाई आरोपीकै आफन्तले लगे अस्पताल
बलात्कृत बालिका बिरामी पर्दै गएपछि एक सातापछि मात्रै उनको स्वास्थ्य परीक्षण गरिएको थियो । पीडित बालिकाकी आमासहित आरोपी व्यक्तिका आफन्तले उनलाई बाग्लुङ अस्पताल पु(याएका थिए । घटना बाहिरिएपछि प्रहरीले मंगलबार जिल्ला अस्पताल पर्वतमा बालिकाको स्वास्थ्य परीक्षण गराएको छ ।


अनुसन्धान हुँदै छ :प्रहरी


बालिका बलात्कारको घटना गाउँमै मिलाउने प्रयास भइरहेको थाहा भएपछि पत्रकार तथा पर्वत इन्सेक प्रतिनिधि सन्तोष थापाले पीडित बालिकालाई न्याय दिलाउन प्रहरीसमक्ष माग गरेका थिए । त्यसपछि प्रहरीले पराजुलीलाई मंगलबार उनकै घरबाट पक्राउ गरेको छ । आरोपी पराजुलीलाई प्रहरीले मंगलबार यौन दुव्र्यवहारअन्तर्गत पर्वत जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान थालेको छ ।

बलात्कार घटना कानुनविपरीत मिलापत्र भएको जानकारी भएपछि अनुसन्धान थालिएको र आरोपितलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । घटनाबारे प्रारम्भिक अनुसन्धानका क्रममा पराजुली अपराधमा संलग्न रहेको पाइएको प्रहरीको भनाइ छ । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले बताए । उनले गाउँमै घटना ढाकछोप गर्न खोजिएको विषयमा समेत सोधपुछ भइरहेको जानकारी दिए ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।