१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासमै पहिलोपटक मन्त्रीले गरे प्रधामन्त्रीसँग कार्यसम्पादन सम्झौता



अ+ अ-

काठमाडौं। मुलुकको इतिहासमै पहिलोपटक २० मन्त्रालयका विभागीय मन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष कार्यसम्पादन सम्झौता (करार) गरेका छन । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री समक्ष सबै मन्त्रीले सामूहिक रूपमा कार्यसम्पादन सम्झौता गरेका हुन् ।

हालसम्म प्रशासन क्षेत्रमा मात्रै अभ्यास हुँदै आएको कार्यसम्पादन सम्झौतालाई प्रधानमन्त्री ओलीले पहिलोपटक राजनीतिक तहमा लागू गरेका छन् । यसअघि सचिव, सहसचिव, महानिर्देशक र कार्यालय प्रमुखले मातहतका निकायसँग मात्रै कार्यसम्पादन सम्झौता गर्दै आएका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा मन्त्री नभएकाले सो मन्त्रालय सँग भने कार्यसम्पादन सम्झौता गर्न बाँकी छ । मन्त्रालयमा नयाँ मन्त्रीका रूपमा बुधबार मात्रै नेकपाका युवा नेता योगेश भट्टराई नियुक्त भएका छन् । भट्टराई मन्त्री भएसँगै उनीसँग पनि केही दिनभित्रै कार्यसम्पादन सम्झौता गरिने प्रधानमन्त्री कार्यालयले जानकारी दिएको छ ।

मन्त्रीहरूले आर्थिक वर्ष २०७६/७७ को सुरुवातमै सरकारको वार्षिक नीति तथा कार्यक्रम, वार्षिक बजेट र कार्यविभाजन नियमावलीले मन्त्रालयलाई तोकेको जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्रीसमक्ष कार्यसम्पादन सम्झौता गरेका हुन् । त्यस अवसरमा सबै मन्त्रीले आ–आफ्नो मन्त्रालयको नयाँ वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्यसम्पादनको आधारमा प्रधानमन्त्री ओलीले मन्त्रीहरूको मूल्यांकन गर्नेछन् । यसका लागि चार–चार महिनामा मन्त्रीको मूल्यांकन गर्ने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उच्चस्तरीय संयन्त्र स्थापना गरिनेछ ।

सम्झौताअनुसार राम्रो कार्यसम्पादन गर्न नसक्ने मन्त्रीहरू जुनसुकै समयमा पनि जिम्मेवारीबाट मुक्तसमेत हुन सक्ने बताइएको छ । यसले सम्बन्धित मन्त्रालयको कामप्रति मन्त्रीहरू जिम्मेवार बन्ने अपेक्षा राखिएको छ ।

प्रधानमन्त्री कार्यालयले ‘सुशासन ऐन, २०६४’ अनुसार कामको विवरण, समयावधि र अनुगमन सूचकका आधारमा प्रत्येक चार महिनामा मूल्यांकन गर्ने जनाएको छ ।

कार्यसम्पादन सम्झौता सम्बन्धित कार्यालय र भूमिकाप्रति जिम्मेवार बनाउन गर्ने गरिन्छ । सम्झौताअनुसारको कार्यसम्पादन गरे÷नगरेको मूल्यांकन गरी सोहीअनुसारको दण्ड वा पुरस्कारको व्यवस्था गर्ने कानुनी व्यवस्था छ ।

के हो कार्यसम्पादन सम्झौता ?

कार्यसम्पादन सम्झौता (करार) तोकिएको विभागीय प्रमुख, कार्यालय प्रमुख तथा जिम्मेवारीमा रहेकाबीच कामको गुणस्तर, समयसीमा, लागत, परिमाण, जिम्मेवारी र जवाफदेहिताको क्षेत्र तोकेर मापनयोग्य परिसूचकका आधारमा कामको मूल्यांकन गर्ने प्रणाली हो ।

सार्वजनिक प्रशासन तथा सेवा सुधारका लागि विभिन्न देशमा कार्यसम्पादन सम्झौता गरिँदै आइएको छ । नेपालमा समेत अन्तर्राष्ट्रिय अभ्यास अवलम्बन गर्दै विभागीय तहमा नै जिम्मेवार बनाउन कार्यसम्पादन सम्झौताको व्यवस्था भएको हो ।

कार्यसम्पादन सम्झौताको मुख्य उद्देश्य सम्झौता गर्नेलाई आफ्नो कार्यप्रति उत्प्रेरित, जिम्मेवार र जवाफदेही बनाउनु हो । सम्झौतामा कामको विवरण, समयावधि र अनुगमन सूचक समेटिएका छन् ।

तीन मन्त्रालयका सचिवद्वारा मन्त्रीसँग सम्झौता

बुधबार नै तीन मन्त्रालयका सचिवले आआफ्ना मन्त्रीसँग कार्यसम्पादन सम्झौता गरेका छन् । सम्झौता गर्ने मन्त्रालयका सचिवमा रक्षा मन्त्रालय, गृह मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव छन् । अन्य मन्त्रालयका सचिवले छिट्टै मन्त्रीसँग सम्झौता गर्ने तयारी गरेका छन् ।, समाचार राजधानी दैनिकमा प्रकाशित छ ।