१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकमा वन्यजन्तु सिकारीको तस्बिरः कलाकार सापकोटामाथि अनुसन्धान



अ+ अ-

काठमाडौं । वन्यजन्तु सिकार गरेको तस्बिर फेसबुकमा राखेपछि कलाकार सम्राट सापकोटामाथि अनुसन्धान सुरु भएको छ । वन्यजन्तुको चोरीसिकारी गरेको अभियोगमा उनीविरुद्ध अनुसन्धान सुरु भएको हो । सापकोटालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले पक्राउ गरेर डिभिजन वन कार्यालय काठमाडौंमा बुझाएको छ । वन कार्यालयले सोधपुछ गरेर उनलाई तारेखमा छाडेको छ । थुनामा राख्ने पर्याप्त प्रमाण संकलन भइनसकेकाले उनीमाथि सोधपुछ मात्र गरिएको वन कार्यालयका सहायक वन अधिकृत शान्तकुमार श्रेष्ठले बताए ।

वनले तारेखमा छाड्दा प्रहरी असन्तुष्ट
सिआइबीका अधिकारी भने तस्बिरबाटै चोरीसिकारी प्रस्ट हुने भएकाले थुनामै राखेर कारबाही गर्नुपर्ने पक्षमा थिए । वन कार्यालयले सापकोटालाई छाडेपछि प्रहरी अधिकारी असन्तुष्ट भएका छन् । वन्यजन्तुसम्बन्धी अपराधको अनुसन्धान प्रहरीले गर्न पाउँदैन ।

गत बुधबार सापकोटाले हातमा बन्दुक समातेको र अगाडि मरेको चित्तल र हरिणसहितको तस्बिर फेसबुकमा राख्दै ‘कुनै समय चारकोसे झाडीमा सिकारी हुँदाको अवस्था।।।’ भनेर पोस्ट गरेका थिए । सोही पोस्टलाई लिएर प्रहरी र वन कार्यालयमा उजुरी परेपछि उनीमाथि छानबिन भएको थियो । विवाद भएपछि उनले सो तस्बिर हटाएका थिए ।

पक्राउ परेपछि सापकोटाले ती नक्कली जनावर भएको र फिल्म सुटिङका क्रममा खिचिएको बताएका छन् । उनले ‘आर्मी’ नामक फिल्मको सुटिङका क्रममा सो तस्बिर खिचिएको दाबी गरेका छन् । सापकोटा गत जेठमा चलेको फिल्म ‘कप्स’ का निर्देशक हुन् । सो जनावर सक्कली वा नक्कली भनेर विस्तृत अनुसन्धान गरी उनीमाथि थप सोधपुछ हुने वन कार्यालयले जनाएको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।