१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

के कारणले हुन्छ पिनास ? जान्नुहोस् जोगिने उपाय



अ+ अ-

काठमाडौं । पटकपटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुवाँ, तथा एलर्जीका कारण नाकमा हुने संक्रमणले पनि पिनासको जोखिम बढाउँछ। नाकको हड्डी बांगो हुनु पनि पिनासको प्रमुख कारण हो । हड्डी बांगो हुँदा सिँगान वा फोहोर पदार्थ जमेर बस्छ, जसले श्वासप्रश्वासमा समस्या पैदा गर्छ र पिनास हुन्छ।

लक्षण
पिनासको प्रारम्भिक लक्षण नाक बन्द हुने, टाउको र अनुहारको छेउछाउमा दुख्नु हो । बिस्तारै पिनासको संक्रमण बढ्दै गएमा ज्वरो आउने, आँखाको तल्लो भाग र जिउ दुख्नेजस्ता लक्षण देखिन्छन् । पिनास भएमा बच्चामा पटकपटक रुघा लाग्ने र ज्वरो आउने हुन्छ। यसको उपचार समयमै नगरेमा नाकमा मासु पलाउने समस्या हुन सक्छ । बिस्तारै संक्रमण फैलँदै आँखामा पुगेमा पिप जम्ने तथा अन्य जटिल समस्या देखापर्न सक्छन्।

रोकथाम र उपचार
रुघाखोकी लागिरहेमा पिनास हुने भएकाले सकभर चिसोबाट बच्नुपर्छ । नाकमा हुने एलर्जीबाट जोगिनुपर्छ । भिटामिन सीयुक्त खानेकुरा र प्रशस्त पानी सेवन गरेमा पिनासबाट बच्न सकिन्छ। धुवाँ–धुलोबाट जोगिनुपर्छ । नाकमा समस्या देखिनेबित्तिकै चिकित्सकको सल्लाह लिएमा पिनास हुनबाट बच्न सकिन्छ ।

सुरुवाती चरणमा एन्टिबायोटिक औषधिको प्रयोगबाट पिनासको उपचार गर्न सकिन्छ । त्यस्तै, नाक खुलाउन वा संक्रमण कम गर्न विभिन्न औषधिको प्रयोग गरिन्छ । त्यसैगरी, नियमित बाफ लिएर पनि पिनास कम गर्न सकिन्छ।
नयाँ पत्रिकाबाट