९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति लिएको होइन: अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति नलिएको स्पस्ट पारेका छन् ।

बिहीवारदेखि काठमाडौंमा शुरु भएको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले सरकारले आयातमा कडाई गर्दै आन्तरिक उत्पादनलाई दिएको सुविधा उपयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे ।

‘भन्सार सुविधाको उपयोग गरी अब स्वदेशमै उद्योग खोल्नतर्फ तपाईंहरु लाग्नुस्,’ निजी क्षेत्रलाई उनले भने, ‘कच्चा पदार्थ आयात गरौं, तर आयातमा उच्च भन्सार दर लाग्ने सामान स्वदेशमै उत्पादन गरौं ।’

व्यापार भन्नासाथ आयातका जोखिममा मात्र छलफल हुने गरेको भन्दै उनले निर्यातका सहुलियत र अनुदानका विषयमा छलफल नै हुन नसकेको उल्लेख गरे ।

अर्थमन्त्री डा. खतिवडाले सरकारले एकद्वार प्रणाली, निर्यातमा अनुदानजस्ता माध्यमबाट स्वदेशमै लगानीमैत्री वातावरण बनाइरहेको उल्लेख गरे । सरकारले केवल आयातलाई मात्रै जोड नदिएकै कारण यस वर्ष भन्सार राजस्व कम उठेको भन्दै उनले देश सधैभरी आयातले मात्र नचल्ने बताए ।