२० भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति नेता ठाकुरको पेसमेकर परिवर्तन शल्यक्रिया सफल रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार बाढीपीडितको उद्धारमा ढिलाइ भएको भन्दै रामकुमारी झाँक्रीको प्रश्न: ‘कति मान्छे मार्यौ? हत्यारा को हो?’ कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु युद्धका कारण युक्रेनको वित्तीय संकट गहिरिँदै, ३२ अर्ब ६ करोड डलर अपुग हुने सुडानमा दुई छुट्टाछुट्टै आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु, दर्जनौँ घाइते वागमती प्रदेशका उद्योगमन्त्री प्रजापतीको प्रश्न – अधिकार नदिने भए प्रदेश सरकार किन राख्ने ? ग्यासको चर्चामा दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि ओझेलमा परेको पूर्वराज्यमन्त्री दुगडको भनाइ नेपाललाई विश्व समुदायले क्षतिपूर्ति दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति लिएको होइन: अर्थमन्त्री खतिवडा



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले राजस्व सङ्कलनका लागि मात्र सरकारले आयातलाई प्रोत्साहन गर्ने नीति नलिएको स्पस्ट पारेका छन् ।

बिहीवारदेखि काठमाडौंमा शुरु भएको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीको शुभारम्भ गर्दै अर्थमन्त्री खतिवडाले सरकारले आयातमा कडाई गर्दै आन्तरिक उत्पादनलाई दिएको सुविधा उपयोग गर्न निजी क्षेत्रसँग आग्रह गरे ।

‘भन्सार सुविधाको उपयोग गरी अब स्वदेशमै उद्योग खोल्नतर्फ तपाईंहरु लाग्नुस्,’ निजी क्षेत्रलाई उनले भने, ‘कच्चा पदार्थ आयात गरौं, तर आयातमा उच्च भन्सार दर लाग्ने सामान स्वदेशमै उत्पादन गरौं ।’

व्यापार भन्नासाथ आयातका जोखिममा मात्र छलफल हुने गरेको भन्दै उनले निर्यातका सहुलियत र अनुदानका विषयमा छलफल नै हुन नसकेको उल्लेख गरे ।

अर्थमन्त्री डा. खतिवडाले सरकारले एकद्वार प्रणाली, निर्यातमा अनुदानजस्ता माध्यमबाट स्वदेशमै लगानीमैत्री वातावरण बनाइरहेको उल्लेख गरे । सरकारले केवल आयातलाई मात्रै जोड नदिएकै कारण यस वर्ष भन्सार राजस्व कम उठेको भन्दै उनले देश सधैभरी आयातले मात्र नचल्ने बताए ।