२० भाद्र २०८३, शनिबार
,
Latest
नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप पेट्रोलियम पदार्थको मूल्यवृद्धिप्रति सांसद कार्कीको आपत्तिः २५ लाख सहयोग देखाएर ११ करोड असुल्नु न्यायोचित भएन बाढी प्रभावित क्षेत्रमा डिएनए नमूना संकलन केन्द्र सञ्चालन अमेरिकामा दादुराको प्रकोप तीव्र, सङ्क्रमितको सङ्ख्या ३ हजार पार पहिरोले कर्णाली करिडोर अवरुद्ध मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि सहकार्य आवश्यकः प्रधानमन्त्री
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो । राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन ।

स्थानीय समयानुसार बिहीबार विहान ४ः३० बजे प्रहरी चौकीको बाहिरी इलाकामा राखिएको विस्फोट पदार्थ विस्फोटनमा परी सो हताहत भएको गृह मन्त्रलायका प्रवक्ता नसरात रहिमीले सिन्ह्वा समाचार समितिलाई बताए ।

उक्त विस्फोटमा मारिएका र घाइते व्यक्तिलाई प्रहरीको अस्पतालमा लगिएको र यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । । तर पनि यस विस्फोटमा तालिबान लडाकू समूहकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

करिब ५० लाख जनसङ्ख्या भएको यस राजधानी शहर गएको केही वर्षयता बारम्बार आतङ्ककारी आक्रमण हुदै आएको छ ।गत आइतबार काबुलमा रहेको एक राजनितिक नेताको कार्यलयलाई लक्ष्यगरी गरिएको एक आतङ्ककारी आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

अफगानिस्तानमा तालिबान सशस्त्र लडाकू समूहका कारण हिंसा जारी छ । यसमा परी हजारौँ नागरिकको ज्यान गएको छ ।