९ आश्विन २०८१, बुधबार
,
Latest
मोटरबोट चलेपछि स्थानीयको आम्दानी बढ्यो कोरला नाकामा सञ्चार सुविधा विस्तार सहकारी प्रकरण : राजनीतिक स्टन्टबाजी कि सुशासनको खोजी ? रविन्द्र मिश्रको टिप्पणीप्रति प्रचण्ड सचिवालयको आपत्ति काठमाडौं महानगरको चेतावनी– सीमाभन्दा बढी मूल्यमा सामान बेचे कारबाही पर्वले सामूहिकता र एकतालाई अभिवृद्धि गर्न मद्दत गर्छ : उपराष्ट्रपति चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ: राष्ट्रपति छ सय वर्ष पुरानो लोमान्थाङ गाउँ, बर्सेनि पुग्छन् तीन हजारभन्दा बढी पर्यटक दसैँअघि तीन हजार ८५६ किलोमिटर सडक खाल्डोरहित बनाउने लक्ष्य बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीले देशका अधिकांश भागमा बदली
तपाईं के खोज्दै हुनुहुन्छ ?

काबुलमा बम आक्रमण दुई प्रहरी अधिकारीको मृत्यु



अ+ अ-

काबुल । अफगानिस्तानको राजधानी काबुलमा बिहीबार भएको एक बम आक्रमणमा परी दुई प्रहरी अधिकारी मारिएका छन् भने, अन्य तीन जना घाइते भएका गृह मन्त्रालयको स्रोतले जनाएको छ ।

अफगानिस्तानको गृह मन्त्रालयका प्रवक्ताले दिएको जानकारीअनुसार काबुलको एक प्रहरी चौकीलाई लक्ष्य गरेर सो बम राखिएको थियो । राजधानी काबुलको पञ्जसाद भन्ने स्थानमा रहेको एक प्रहरी चौकीलाई लक्ष्य गरेर राखिएको बम विस्फोट भएर त्यस चौकीमा कार्यरत दुई जना प्रहरी अधिकारी मारिएका छन ।

स्थानीय समयानुसार बिहीबार विहान ४ः३० बजे प्रहरी चौकीको बाहिरी इलाकामा राखिएको विस्फोट पदार्थ विस्फोटनमा परी सो हताहत भएको गृह मन्त्रलायका प्रवक्ता नसरात रहिमीले सिन्ह्वा समाचार समितिलाई बताए ।

उक्त विस्फोटमा मारिएका र घाइते व्यक्तिलाई प्रहरीको अस्पतालमा लगिएको र यस घटनाको अनुसन्धान जारी रहेको बताइएको छ । यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । । तर पनि यस विस्फोटमा तालिबान लडाकू समूहकै हात हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।

करिब ५० लाख जनसङ्ख्या भएको यस राजधानी शहर गएको केही वर्षयता बारम्बार आतङ्ककारी आक्रमण हुदै आएको छ ।गत आइतबार काबुलमा रहेको एक राजनितिक नेताको कार्यलयलाई लक्ष्यगरी गरिएको एक आतङ्ककारी आक्रमणमा २० व्यक्तिको मृत्यु हुनुको साथै अन्य ५० जना घाइते भएका थिए ।

अफगानिस्तानमा तालिबान सशस्त्र लडाकू समूहका कारण हिंसा जारी छ । यसमा परी हजारौँ नागरिकको ज्यान गएको छ ।