१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशका विभिन्न जिल्लामा एनसेलका टावरमा आगजनी



अ+ अ-

काठमाडौं । अज्ञात समूहले मकवानपुरमा एनसेलका दुईवटा टावरमा आगजनी गरेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति अज्ञात समूहले टावरमा अगजनी गरेका हुन् । मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिका–३ शिखरकोट र इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी खत्रीडाँडामा रहेको टावरमा आगजनी गरेको एसपी मुकेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुकोटमा रहेको एनसेल टावरमा पनि आगजनी भएको छ । बुधवार राति करिब पौने ११ बजे विस्फोटको आवाज आएसँगै टावरमा आगजनी भएको थियो ।

नुवाकोटमा पनि आगजनी
नुवाकोटको बेलकोटगढीमा रहेको एनसेलको टावरमा नचिनेका समूहले आगजनी गरेको छ । बुधबार राति बेलकोटगढी नगरपालिका वडा नं। ४ पेटारेमा रहेको एनसेल टावरमा आगजनी गरेको हो । बिहीबार बिहान स्थानीयले नचिनेका मानिसले आगजनी गरेको प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थल पुगेको थियो ।

दैलेखमा पनि आगजनी
विप्लव माओवादीनिकटका कार्यकर्ताले दैलेखको गुराँस गाउँपालिका–५ को जंगलमा रहेको एनसेल टावरमा क्षति पुर्‍याएका छन् । दाउरा संकलन गरेर आगो लगाएको भए पनि आगो भने लाग्न नभ्याएको प्रहरीले जनाएको छ । टावरसँगै रहेको सोलार प्यानलमा भने क्षति पुगेको छ ।

रामेछापमा आगजनी प्रयास
प्रतिबन्धित विप्लव समूहका कार्यकर्ताहरूले बिहीबार बिहान जिल्लाको दोरम्बा गाउँपालिका–१ डाँडाकटेरीको एनसेल टावरमा आक्रमणको प्रयास गरेका छन् । बिहान करिब ११ बजेको समयमा उक्त टावरलाई लक्षित गरी दुई–तीनजनाको संख्यामा आएका माओवादीका कार्यकर्ताले टावर छेकेको तारजालीभित्र प्रवेश गरी आक्रमणको प्रयास गरेका थिए । सो क्रममा उनीहरूले जुटको बोरामा लगेको बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता शेख अदालतले जानकारी दिए । घटनापछि जिल्ला सुरक्षा समितिको बैठकले सबै एनसेलका टावरमा सशस्त्र प्रहरी खटाउने निर्णय गरेको प्रजिअ लीलाकुमारी पाण्डेले जानकारी दिइन् ।

बाग्लुङ, गोरखा र तनहुँका टावरमा क्षति
बाग्लुङ निसीखोला गाउँपालिका–७ राजकुटस्थित एनसेलको टावरमा आगजनी भएको छ । बुधबार राति करिब ९ बजेतिर अज्ञात समूहले टावरमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ । आगलागीबाट सिस्टम र टावरमा जडान भएका तारहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगजनीपछि पश्चिम बाग्लुङको निसीखोला, ढोरपाटन, तमानखोला, गुल्मी, प्युठान, रुकुम र रोल्पाका केही भागमा मोबाइल सेवा अवरुद्ध भएको छ ।

गोरखाको पालुङटार नगरपालिका–८ धुवाकोटमा रहेको ऐनसेल टावरमा पनि आगजनी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बुधबार राति ११ बजेतिर टावरमा आगजनी भएको हो । तनहुँको घिरिङ गाउँपालिका–२ स्थित घोर्लीछापमा रहेको एनसेलको टावरमा पनि अज्ञात समूहले आगजनी गरेको छ । सुदूरपश्चिम प्रदेशका डोटी, डडेल्धुरा, अछाम र कैलालीका ८ टावरमा आगजनी गरिएको छ ।, समाचा नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।