४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषालु जङ्गली च्याउ नखान अभियान शुरु



अ+ अ-

रामपुर । जिल्ला प्रहरी कार्यालय पाल्पाले जिल्लामा पटक–पटक जङ्गली च्याउ खाएर स्थानीयवासीको ज्यान जान थालेपछि सचेतना अभियान चलाएको छ । जिल्लाका आठ गाउँपालिका तथा दुई नगरपालिकाका विभिन्न क्षेत्रमा ‘जङ्गली च्याउ नखाऊँ, सुरक्षित बनौँ’ भन्ने उद्देश्यले अभियान चलाउने जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जङ्गलमा खोजेर ल्याएको च्याउ खाँदा ज्यानै जान सक्छ भन्ने चेतना अझै पनि गाउँ–गाउँमा नभएर थुप्रै नागरिकको अकालमा ज्यान जाने गरेकाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आफू मातहतका प्रहरी चौकीलाई निर्देशन दिएको जिप्रकाका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्णराज सापकोटाले बताए ।

प्रहरीले रामपुर नगरपालिकाको बेझाड, इलाका प्रहरी कार्यालय रामपुर, रिब्दीकोट गाउँपालिका वडा नं २ देउराली, प्रहरी चौकी हार्थोक, वडा नं ५ मुझुङ, इलाका प्रहरी कार्यालय मुझुङ, रम्भा गाउँपालिका वडा नं ३ को पिपलडाँडा, प्रहरी चौकी राम्दी, निस्दी–३ झिरुवास, रुप्सेभन्ज्याङ प्रहरी चौकी, माथागढी गाउँपालिका–१ अघाहाखोला र आर्यभन्ज्याङ प्रहरी चौकीले विषालु जङ्गली च्याउ नखान सचेत गराएको हो ।

प्रहरीले स्थानीय समाजसेवी, उद्योगी, व्यापारी, व्यवसायी, जनप्रतिनिधि तथा सर्वसाधारण नागरिकलाई जङ्गली च्याउको प्रयोगले मानव स्वास्थ्यमा पार्ने असर, मौसम परिवर्तनसँगै आउने प्राकृतिक विपत्ति, लागुऔषध दुव्र्यसनी, महिला हिंसा, घरेलु हिंसा, चेलीबेटी बेचविखन, मदिरा नियन्त्रणलगायतका विविध विषयमा सचेतनामूलक कार्यक्रम गरेको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी सहायक निरीक्षक मोहन खत्री क्षेत्रीले बताए।

यस्ता कार्यक्रमले च्याउ खाएर बिरामी पर्ने तथा ज्यान गुमाउनेको सङ्ख्यामा कमी आउने र समाजमा हुने विविध किसिमका आपराधिक घटना कम भएर सभ्य समाजको निर्माणमा सघाउ पुग्ने प्रनाउ सापकोटाको भनाइ छ । च्याउ खाएर यस वर्ष निस्दी गाउँपालिका–३ मा छ जनाको ज्यान गएको छ ।