७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाहक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

बार्सिलोनाका पूर्व खेलाडी अल्भेस साओ पाओलोमा अनुबन्ध



अ+ अ-

काठमाडौं । भेट्रान फुटबलर ड्यानी अल्भेस ब्राजिल फर्किएका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेर उनी ब्राजिलियन क्लब साओ पाओलो गएका हुन् ।

३६ वर्षीय अल्भेसले सन् २००२ मा ब्राजिल छाडेका थिए । उनी बाहिआबाट सेभिया आएका थिए । २००८ देखि २०१६ सम्म बार्सिलोनामा आवद्ध भए । त्यसपछि एक सिजन युभेन्टस गएका उनी पछिल्लो दुई सिजन पेरिस सेन्ट जर्मेनमा थिए ।

उनले साओ पाओलोसँग डिसेम्बर २०२२ सम्मको सम्झौता गरेका छन् । हालै मात्र आफ्नो कप्तानीमा कोपा अमेरिका कप खेलेका उनले समग्रमा ४० औं उपाधि उचालेका छन् ।