९ आश्विन २०८१, बुधबार
,
Latest
मन्त्री राणा र अमेरिकी उपमन्त्री वासबीच भेटवार्ता हेटौँडा कुलेखानी सिस्नेरी हुँदै काठमाडौँ जाने सडक पुन: सञ्चालन बहिरा विद्यार्थीको भविष्य कोर्दै बहिरा शिक्षिका गौतम युएई दिराम र मलेसियन रिङ्गेटको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर? अन्नपूर्ण क्षेत्र सरसफाइ अभियान: सिसा र प्लाष्टिकका बोतलमा प्रतिबन्ध बागलुङमा बन्यो पाँच शय्याको अस्पताल भवन अहिलेको आर्थिक विकास मोडलले नै असमानता बढायो: विज्ञहरु परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता गाउँ फर्कनेलाई छ महिनाको खाद्यान्न खर्चसहित थप एक लाख अनुदान सिराहामा बाबुको हत्या अभियोगमा छोरा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

यमनमा हुथी विद्रोहीबाट एउटा सैनिक परेडमाथि आक्रमण, कम्तीमा ३२ जनाको मृत्यु



अ+ अ-

काठमाडौं । यमनमा विद्रोही हुथी समुदायबाट एउटा सैनिक परेडमाथि भएको आक्रमणमा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।

विद्रोहीले चलाइरहेको टेलिभिजन च्यानलले जनाए अनुसार देशको दक्षिणी तटीय शहर एडनमा भइरहेको परेडलाई क्षेप्यास्त्र र एउटा सशस्त्र ड्रोनको निशाना बनाइएको थियो।एडन यमनको अन्तर्राष्ट्रिय समर्थन प्राप्त सरकारको केन्द्र हो।

समाचार संस्था रोयटर्सलाई एकजना प्रत्यक्षदर्शीले बताए अनुसार आक्रमणपछि मैदानमा शवहरू छरिएका थिए र सैनिकहरू रोइरहेका थिए। एकजना वरिष्ठ सैनिक कमाण्डर मारिएको ठानिएको छ।

अन्तर्राष्ट्रिय स्वास्थ्य संस्था एमएसएफका अनुसार आक्रमणमा दर्जनौँको सङ्ख्यामा मानिसहरू घाइते भएका छन्।यसअघि उक्त शहरको एउटा प्रहरी कार्यालयमा आत्मघाघी बम हमलामा १० जना मारिएका थिए।

ती दुवै आक्रमणबीच कुनै सम्बन्ध रहेको वा नरहेको भन्नेबारे स्पष्ट छैन।हुथी विद्रोहीले देशको पश्चिम भागमा ठूलो क्षेत्र नियन्त्रणमा लिनुका साथै राष्ट्रपतिलाई देश छाड्न बाध्य बनाएपछि सन् २०१५ मा बढेको द्वन्द्वका कारण यमन थिलथिलो भएको छ।