७ पुष २०८२, सोमबार
,
Latest
क्षेप्यास्त्र कार्यक्रम रक्षात्मक भएकाले सम्झौतायोग्य नहुने इरानको भनाइ सूचना आदानप्रदानले मित्रतालाई थप सुदृढ बनाउँछ: रसियाली कार्यबाक राजदूत ‘देशको हितलाई पहिलो प्राथमिकतामा राखेर अगाडि बढौँ’ रवि र बालेनको भेटवार्ता लहानमा २६ प्रतिशत घरधुरीमा सुरक्षित खानेपानीको पहुँच विस्तार इलिसकालाई तेक्वान्दो प्रतियोगितामा स्वर्ण बंगलादेशलाई हेरौँ,मैले चुनौती दिएको होइन,आजसम्म नेपालीहरुले त्यत्रो १७ हजार मान्छे मर्दा पनि सहे महिला उद्यमी महासंघको अध्यक्षमा श्रेष्ठ सरकारले राजनीतिक दलका क्षतिग्रस्त कार्यालयको अनुगमन गर्ने सुदूरपश्चिम प्रदेशसभा बैठक पुस ११ मा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति देउवा र कोइरालाविरुद्ध उजुरी



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको अनुशासन समितिमा पार्टी सभापति शेरबहादुर देउवा र शेखर कोइरालाविरुद्ध उजुरी परेको छ ।

अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले पनि सभापति देउवासँगै कोइरालाविरुद्ध उजुरी परेको स्वीकार गरेका छन् ।

सभापति देउवाविरुद्ध भरतपुरमा रुख चिहृनबाहेक अन्यत्र मतदान गर्न लगाएको भन्दै उजुरी परेको हो ।


देउवाले स्थानीय चुनावमा भरतपुर महानगरको मेयरमा तत्कालीन माओवादीकी उम्मेदवार रेनु दाहाललाई भोट मागेका थिए ।

यस्तै शेखर कोइरालाविरुद्ध १२ औं महाधिवेशनमा केन्द्रीय सदस्य बन्दा योग्यता नपुगेको भन्दै उनीविरुद्ध अनुशासन समितिमा उजुरी परेको हो ।

कांग्रेसको विधानअनुसार लगातार १० वर्ष क्रियाशील सदस्य भएपछि मात्र केन्द्रीय सदस्य हुन पाइन्छ । तर वि. सं. २०६० सालसम्म वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका उपकुलपति रहेका कोइराला लगातार १० वर्ष क्रियाशील सदस्य नभइ पार्टी केन्द्रीय सदस्य भएको उजुरीकर्ताको दाबी छ ।

यद्यपि यो उजुरी पेन्डिङमा राखिएको छ ।