४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सौराहामा होटल र रेष्टुराँका लागि नयाँ मापदण्ड बनाइँदै



अ+ अ-

चितवन । पर्यटकीय नगरी सौराहामा निर्माण हुने होटल, रेष्टुरेन्ट र घरहरुमा नयाँ मापदण्ड लागू गर्ने तयारी गरिएको छ । अग्ला भवनहरु निर्माण गर्न पाइने छैन भने एउटै किसिमको प्रकृति सुहाउँदो रङ लगाउनुपर्ने हुन्छ ।

रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले नयाँ नीति निर्माणका लागि निजी क्षेत्रसँग छलफल शुरु गरिएको बताए । उनका अनुसार साढे दुई तलाभन्दा अग्लो भवन बनाउन रोकिने, प्रकृतिसँग मिल्ने एकै खालका रङ लगाउनुपर्ने, भवनहरुमा नेपाली शैली झल्कनुपर्ने, होटल रिसोर्टका लागि जमीनको न्यूनतम क्षेत्रफल तोकिनेछ । सौराहामा मात्र ११० होटल र ८० रेष्टुराँ छन् । सो क्षेत्रमा मानव बस्तीसमेत छ ।

नीति बनाउनुअघि होटल र रेष्टुराँ व्यवसायीसँग नगरपालिकाले छलफल थालेको हो । वृहतरूपमा छलफल गरेर यसलाई अन्तिम रूप दिने वनको धारणा छ । नगरपालिका आफैंले मात्र नीति बनाउँदा कार्यान्वयनमा कठिनाइ हुने हुँदा निजी क्षेत्रको सहमतिमा नै काम गर्न लागिएको वनको भनाइ छ । सो क्षेत्रमा अग्ला भवन बनाउन अध्ययन गर्न आएकाहरुलाई आफूले अग्ला भवन बनाउन नपाउने मौखिक जानकारी दिन शुरु गरेको वनले बताए ।

क्षेत्रीय होटल सङ्घ सौराहाका महासचिव राममणि खनाल स्थानीय सरकारले नीति बनाएर काम अघि बढाउनुपर्ने बताउँछन् । प्रकृति सुहाउँदो रङ, वातावरणमा प्रभाव नहुने संरचना निर्माण गर्न सकेमा सौराहाको सुन्दरता अरु थपिने खनालको भनाइ छ ।

नगरपालिकाले बनाउने मापदण्डमा व्यवसायी सहमत हुने भन्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय जगत्ले चिनेको सौराहालाई जीवन्त राख्न यो महत्वपूर्ण काम हुने बताए । रेष्टुरेन्ट एण्ड बार एशोसिएसन ९रेवान० सौराहाका अध्यक्ष गोकर्ण गिरीले आफूहरुले चार वर्षअघि नै यसम्बन्धी प्रस्ताव गरेको भन्दै नगरपालिकाले यथाशीघ्र नीति बनाएर अघि बढ्नुपर्ने बताए ।

सौराहामा पछिल्लो समय कङ्क्रिटका ठूला भवन बन्न थालेका छन् । यस्ता कङ्क्रिटका भवनले सो क्षेत्रको प्राकृतिक सौन्दर्यता लोप हुने चिन्ता व्यवसायीमा रहेको छ । क्षेत्रीय होटल सङ्घले सौराहाको वृहत गुरुयोजनासमेत निर्माण गरिरहेको छ ।