४ असार २०८३, बिहीबार
,
Latest
रासायनिक मलमा कालोबजारी नियन्त्रण गर्न पहल स्वास्थ्य बिमाको पुनःसंरचनाका लागि तयारी सुरु गण्डकी प्रदेशसभाः बजेटमाथि छलफल सुरु फोटोपत्रकार वन्त ‘कर्पोरेट फोटोग्राफी एक्सीलेन्स अवार्ड’बाट सम्मानित संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्री डा भट्टराईसँग छलफल सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैनः अर्थमन्त्री डा वाग्ले नेपाली चिया निर्यातको अवरोध हटाउन पहल गर्न परराष्ट्रमन्त्रीलाई महासंघको आग्रह मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण प्रधानमन्त्रीको जवाफ अर्थमन्त्रीमार्फत: एमालेको प्रश्न-औपचारिक जिम्मेवारी हस्तान्तरण भयो? सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप जारीः तेस्रो दिन सुवास शिर्ष स्थानमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

भालुको छाला र छाला, पित्त र दाँतसहित तीन जना पक्राउ



अ+ अ-

रुपन्देही । भालुको छाला र छाला, पित्त र दाँतसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले सैनामैना नगरपालिका–१० सालझण्डीस्थित अर्घाखाँची साज महल होटल एण्ड लजबाट तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा कपिलवस्तु बाणगंगा नगरपालिका–२ बस्ने ४६ वर्षीय खुमानन्द घिमिरे, पाल्पा रैनादेवी गाउँपालिका–७ बस्ने ४३ वर्षीय धनवीर विक र पाल्पा तिनाऊँ गाउँपालिका–१ बस्ने ४३ वर्षीय लालबहादुर सारु रहेका छन् ।

होटलको कोठा नम्बर १०२ खानतलासी गर्ने क्रममा उनीहरुको साथबाट १ थान, पित्त २ थान र दाँत २ थान फेला परेको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।