१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी संस्थामाथि कडाइ



अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाले सहकारी संस्थामाथि कडाइ थालेको छ । सहकारी संस्था व्यवस्थापनको नीति अख्तियार गर्दै महानगरले सहकारीमाथि कडाइ गर्न लागेको हो । महानगरको सहकारी विभागका अनुसार झन्डै १९ सयको हाराहारीमा रहेका सहकारीलाई व्यवस्थापन गरी तीन वर्षभित्र ६ सय बनाउने तयारी थालिएको छ ।

महानगरका सहकारी विभाग संयोजक नमराज ढकालका अनुसार महानगर क्षेत्रमा १ हजार ८४८ को संख्यामा सहकारी संस्था छन् । यसमध्ये १ हजार ६३८ बचत तथा ऋण सहकारी र ७५ महिला सहकारी रहेका छन् । ढकालले सहकारी ऐन, २०७४ अनुसार सहकारीलाई व्यवस्थित गरी संख्यालाई भन्दा गुणस्तर बढाउन सहकारी संस्था व्यवस्थित गर्न लागिएको बताए ।
ढकालले भने, ‘सरकाररको नीतिअनुसार नै हामीले सहकारीको संख्या घटाएर व्यवस्थित गर्ने तयारी थालेका हौँ । हामी जसरी पनि महानगर क्षेत्रमा भएका सहकारीलाई व्यवस्थित गरेर संख्या घटाउने क्रममा छौं ।’

उनले सहकारीलाई क्रियाशील बनाउन स्थलगत र कार्यालयगत अनुगमन गर्ने गरिएको जानकारी दिए । उनले सहकारीको गतिविधि अनुगमन गर्न ‘कोपोमस’ नामक सफ्टवेयर प्रयोगमा ल्याएको जानकारी दिँदै सोही सफ्टवेयरमार्फत सहकारीको कारोबार कार्यालयबाटै अनुगमन गर्न सकिने बताए ।

‘हाल महानगर क्षेत्रमा रहेका सहकारीले ४२ अर्ब लगानी गरेका छन् भने सहकारीको ५२ अर्ब बचत र ७ अर्बको सेयर रहेको छ । ती सहकारीमा २ लाख सदस्य रहेको विभागको तथ्यांक छ । सहकारी कार्यालयको तथ्यांकअनुसार हाल ९ सय सहकारी मात्र सक्रिय अवस्थामा छन् । त्यस्तै, ५ सयको संख्यामा निष्क्रिय रहेको र झन्डै ३ सय बढी सहकारी कार्यालय नै स्थापना नगरी सञ्चालन गरिएको पाइएको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।