१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिएलाई चारवर्षे बनाउने त्रिविको तयारी



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिकशास्त्र संकायको सबै विषयको कोर्सलाई यसै वर्षदेखि चारवर्षे बनाउने तयारी गरेको छ । त्रिवि मानविकी तथा सामाजिकशास्त्र संकायका डिन प्रा। शिवलाल भुसालले यसै शैक्षिक सत्रबाट बिए चारवर्षे हुने बताए ।

तर, डिन कार्यालयले चारवर्षे ब्याचलर अफ आर्टस् (बिए)का लागि कोर्स तयार गर्न लगाए पनि अहिलेसम्म अधिकांश विषयले सकेका छैनन् । विद्या परिषद्ले समेत यसको निर्णय गरिसकेको छैन । डिन भुसालले स्नातक तहमा मानविकी संकायमा ३६ वटा कार्यक्रम लागू भएको र जसमध्ये चार विषयले मात्र कोर्स तयारी गरेको बताए । शुक्रबारसम्म नेपाली, ग्रामीण विकास, संस्कृति र भूगोल विषयको कोर्स तयार गरी विषय समितिले डिन कार्यालयमा पठाएको छ । उनले अरू विषयको समेत छिटै प्राप्त हुने प्रतिबद्धता आएको बताए । भदौसम्ममा सबै तयारी सकेर बिएका सबै विषय चारवर्षे बनाउने तयारी रहेको उनको भनाइ छ ।

राष्ट्रिय परीक्षा बोर्डले केही दिनअघि कक्षा १२ को सबै विषयको नतिजा सार्वजनिक गरेको थियो । कक्षा १२ को नतिजा सार्वजनिक भएपछि विद्यार्थीहरू भर्नाका लागि कलेजमा परामर्श लिन थालेका छन् । चारवर्षे बिएको कोर्स तयार नभएको र विद्यार्थी भर्नाका लागि परामर्श लिन आउन थालेपछि कलेजका पदाधिकारीसमेत अन्योलमा परेका छन् ।

पुरानो कोर्सलाई मिलाउँदै विषय समिति
त्रिभुवन विश्वविद्यालयले छिटो कोर्स तयार गर्न निर्देशन दिएपछि कतिपय विषय समितिले तीनवर्षेको पहिलो वर्षको कोर्र्सलाई तलमाथि गरेर बुझाउने तयारी गरेका छन् । कोर्स निर्माणका लागि छलफल, अध्ययन र अनुसन्धान गर्न समय नदिएकाले तीनवर्षे कोर्सलाई नै मिलाउन लागेको हो । केही विषय समितिले तयार भएको कोर्समा छलफल चलाउने तयारी गरेका छन् । तर, डिन कार्यालयले पाँच महिनाअघि नै चारवर्षे कोर्स निर्माणका लागि परिपत्र गरेको जनाएको छ ।

यो वर्ष नै कार्यान्वयन गर्छौँ
प्रा. शिवलाल भुसाल, डिन, मानविकी तथा सामाजिकशास्त्र संकाय
स्नातकमा चारवर्षे कार्यक्रम यसै वर्षदेखि लागू गर्ने तयारी हुँदै छ । कक्षा १२ को नतिजा यति छिटो आउला भन्ने लागेको थिएन, छिटो आयो । भदौमा रिजल्ट आउँछ त्यतिवेलासम्म हामी तयार हुन्छौँ भन्ने लागेको थियो । केही विषयको तयारी सकियो र कतिपय कोर्स बनिरहेकाले एकमुष्ट निर्णय गर्नका लागि रोकिएको हो । सबै विषय एकैपटक निर्णय गर्छौँ । एक महिनाजति पढाइ हुँदैन, त्यतिवेलासम्म सबै तयार हुन्छ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।