१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बढ्न थाल्यो अनलाइन उजुरी



अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचार नियन्त्रण तथा निवारणका लागि अनलाइन उजुरी सशक्त माध्यम बन्न थालेको छ ।

आयोगले अनलाइन उजुरीको व्यवस्था ल्याएदेखि उजुरी दिनेको सङ्ख्यामा पनि वृद्धि भएको छ । आयोगले २०६९/७० देखि अनलाइन ऊजुरी लिने व्यवस्था गरेको छ । केही वर्षअघिसम्म आयोगले लिखित निवेदन र कागजी प्रमाण लिएर आफैँ उपस्थित भएर उजुरी दिने व्यवस्थामा सीमित थियो ।

सुरुमा एक/दुईवटा मात्रै उजुरी पर्ने अख्तियारमा पछिल्ला वर्षहरूमा भने ‘इमेल’ वा आयोगको अनलाइन शीर्षकमार्फत उजुरी दर्ता गराउनेको सङ्ख्या बढेको छ । आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले प्रविधि प्रयोग गर्नेको सङ्ख्या बढेसँगै आयोगमा इमेलमार्फत उजुरी आउने सङ्ख्या पनि बढेको जानकारी दिनुभयो ।

गत वर्ष मात्रै आयोगमा करिब २४ हजार अख्तियार दुरुपयोगसम्बन्धी उजुरी परेका थिए । प्रवक्ता कोइरालाले भन्नुभयो, “१५ प्रतिशतभन्दा बढी उजुरी अनलाइनबाट आएका छन् । ” आयोगको तथ्याङ्कबमोजिम गत वर्ष करिब तीन हजार छ सय उजुरी अनलाइनबाट प्राप्त भएको हो । चालू आर्थिक वर्षको सुरुको केही दिनमा दैनिक तीनवटासम्म अनलाइन उजुरी पर्न थालेको छ ।

आयोगले हटलाइन, भाइबर, इमेल, फेसबुक, ट्विटर र हुलाकमार्फत वा आफैँ उपस्थित भई ती माध्यमबाट उजुरी लिँदै आएको छ । इमेल अतिरिक्त फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जाल भएर पर्ने उजुरी विद्युतीय माध्यमअन्तर्गत नै पर्छन् ।

प्रवक्ता कोइराला अनलाइन, फेसबुक वा ट्विटर प्रयोग गरी दिइने उजुरीको विश्वसनीयता आफैँ उपस्थित भएर दिइने उजुरीजस्तै रहने बताउनुहुन्छ । कोइराला भन्नुहुन्छ, “जुनसुकै माध्यमबाट आए पनि उजुरीलाई एउटै बास्केटभित्र राखेर छानबिन र अध्ययन हुन्छ । ” आयोगको वेबसाइटमा राखिएको अनलाइन उजुरी ‘ट्याम्प्लेट’मार्फत अख्तियारको दुरुपयोग गर्ने संस्था वा व्यक्तिविरुद्ध प्रमाण र सङ्क्षिप्त जानकारीसहितको विवरण पेस गरेपछि उजुरी बुझिन्छ ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै उजुरी दिने माध्यमलाई बढाएर अनलाइन र सामाजिक सञ्जालसम्म पुर्याइएको हो । नेपालमा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिब एक करोड ६६ लाख पुगेको छ । जुन कुल जनसङ्ख्याको ६३ प्रतिशत हो । इन्टरनेटको बढ्दो प्रयोगसँगै अख्तियारलाई प्रविधिमैत्री बनाउन उजुरी दिने माध्यम पनि थपिएको आयोगको तर्क छ । यसले आयोगसम्म पहुँचसमेत वृद्धि गरेको दाबी आयोगको छ ।

आफैँ उपस्थित भएर दिइने निवेदन तथा प्रमाणलाई आयोगले ‘स्क्यान’ गरेर अनुसन्धान अगाडि बढाउँदै आएको छ । आयोगले प्रविधिमैत्री उजुरी र गुनासो बुझाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आएको छ । प्रवक्ता कोइराला भन्नुहुन्छ, “शतप्रतिशत उजुरी नै अनलाइन आए काम गर्न अझै सजिलो हुने थियो ।”, समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।