२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मौलिक समाजवादमा जोड



अ+ अ-

गोरखा । नेकपाका स्थायी कमिटि सदस्य घनश्याम भुसालले पार्टीले नेपाली मोडेलको समाजवाद ल्याउनु पर्नेमा जोड दिएका छन्। अहिले नेपालका कम्युनिष्ट चिनियाँ मोडेलको समाजतर्फ ढल्किएको भन्दै नेपाली समाजवाद नेपाली अनुहारकै हुनुपर्नेमा तर्क गरे।

‘चीनमा चिनियाँ अनुहारको समाजवाद हुन्छ। नेपालमा नेपाली चेहेराको समाजवाद किन हुन नहुने ? ’, नेकपाका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेद्वारा लिखित संघर्षको इतिहास पुस्तकको परिचर्चा कार्यक्रममा बोल्दै उनले भने, ‘सोभियत मोडलको समाजवाद असफल भयो, चीनमा चिनियाँ फेसको समाजवाद छ भने नेपालमा पनि निःसन्देह नेपाली फेसकै समाजवाद हुनुपर्छ र हुन्छ पनि।’ अबको पुँजी उत्पादनमुलक हुनुपर्छ, रोजगार दिनुपर्छ यसतर्फ हामीले ध्यान दिनुपर्छ।’ सार्वजनिक शिक्षाको गुणस्तर बृद्धि, स्वास्थ्य सेवामा सुधार र देशमै रोजगारीको अवसर सिर्जना गर्दै समाजवादको बाटोमा अघि बढ्नुपर्ने उनले बताए। अहिले नेपालमा दलाल पुँजीवाद हावी भएको भन्दै यसलाई नियन्त्रण गरी राष्ट्रिय पुँजीको विकास गर्दै समाजवादतर्फ लाग्नुपर्ने उनको सुझाव छ।

नेता भुषालले गुट उपगुटलाई त्यागेर पार्टीलाई एकतावद्ध गर्न सके अबको १० वर्षमा देशमा समाजवादी ब्यवस्थाको झल्को दिने गरी काम गर्न सकिने विश्वास ब्यक्त गरे। त्यसका लागि यही वर्षबाट काम सुरु गर्न पनि उनले कार्यकर्तालाई आग्रह गरेका छन्। ‘पार्टीका बैठकमा ब्यक्तिका एजेण्डा होइन पार्टीको प्रस्ताव आउनुपर्छ’, उनले भने, ‘लोकतान्त्रिक पद्धतिमा जाऔं। पदमा बसेकाहरुले नकमाएको सम्पत्ति नखाने, नलिने प्रण गरौं।’, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।