२१ असार २०८३, आईतवार
,
Latest
निर्धारित समयमै सिक्टा सिँचाइ आयोजना सम्पन्न गर्न मन्त्री श्रेष्ठको जोड सरकारको सञ्चारमाध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आयोः अध्यक्ष शर्मा प्रेस स्वतन्त्रताको संवैधानिक सुनिश्चितताका बाबजुद सञ्चार क्षेत्रमा चुनौती कायमैः हरिहर विरही सरकारको सय दिनः राजमार्गमा एक्स्प्रेस गाडीः कत्तिको सुरक्षित छ बालेनको बेग ? दाउन्ने खण्डको सडक निर्माण कार्य अन्तिम चरणमा डोल्पामा पहिरोसहितको बाढी घरमा पस्दा एक महिलाको मृत्यु, चार जना घाइते ट्राफिक कारबाहीमा पाँच लाख २८ हजार राजस्व संकलन यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य चितवनमा हात्तीको आक्रमणमा आमाछोराको मृत्यु बेलायतको क्याम्ब्रिजमा नेपाली काव्य यात्रा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘डिजिटल नेपाल’मा हालसम्मकै ठूलो लगानी



अ+ अ-

काठमाडौँ । सरकारको ‘डिजिटल नेपाल’ अभियानअन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले अहिलेसम्मकै सबैभन्दा ठूलो लगानी गर्ने भएको छ । प्राधिकरणले प्रत्येक प्रदेशलाई समेट्ने गरी देशभरका ९३० वटा सरकारी विद्यालयमा करिब साढे तीन अर्ब रुपियाँमा आईटी ल्याब स्थापना गर्न लागेको हो । त्यसका लागि प्राधिकरणले शुक्रबार ओबीसीआई, म्याक्स र नेपाको संयुक्त साझेदारीलाई छनोट गरेको छ ।

प्राधिकरणले जिम्मा प्राप्त उक्त साझेदारलाई आईटी ल्याब स्थापना गर्न तीन अर्ब ४७ करोड ६९ लाख उपलब्ध गराउने गरी छनोट गरेको जनाएको छ । छनोटमा परेको संस्थासँग १५ दिनपछि अन्तिम सम्झौता हुने प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिनुभयो । ‘सम्झौता भएको मितिदेखि छ महिनाभित्र जिम्मेवार संस्थाले आईटी ल्याब स्थापना गर्नु पर्ने छ’ उहाँले भन्नुभयो । प्राधिकरणले पहिलो पटक गत जेठ २ गते आईटी ल्याब स्थापनाका लागि इच्छुक कम्पनीबाट आवेदन माग गरेको थियो । छनोटमा परेको कम्पनीले हरेक विद्यालयमा औसतमा २५ वटा डेस्कटप कम्प्युटर जडान गर्नुपर्ने छ । यसबाहेक फोटोकपी, प्रिन्ट र स्क्यान सुविधा भएको मेसिन, प्रोजेक्टर, सीसी क्यामेरा, भिडियो रेकर्डर, उपकरण ¥याक, राउटर, नेटवर्क स्विच, युपीएस, सोलार, सोलार इन्भर्टर, चार्ज कन्ट्रोलर र सोलारका लागि ब्याट्री बैङ्कजस्ता उपकरण पनि हरेक विद्यालयमा जडान गर्नुपर्ने छ ।

विद्युतीय सिकाइ र अध्यापनका लागि आवश्यक सबै उपकरण आईटी ल्याबमा हुनुपर्ने गरी व्यवस्थापन गरिएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो । सम्झौतापछि सम्बन्धित संस्थाले आईटी ल्याब स्थापना गर्ने मात्र नभई त्यसको व्यवस्थापनको काम पनि गर्नुपर्ने उहाँले बताउनुभयो । प्राधिकरणले गत वर्ष आईटी ल्याब सञ्चालनका लागि सरकारी विद्यालयबाट प्राप्त आवेदनका आधारमा विद्यालयहरू छनोट गरिएको उहाँले जानकारी दिनुभयो ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयबाट पारित आईटी ल्याबको स्थापना तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०७५ का आधारमा प्राधिकरणको लगानीमा यस्तो प्रक्रिया अगाडि सारिएको थियो । सरकारले लिएको डिजिटल नेपालको लक्ष्यअन्तर्गतको यो कार्यक्रमको स्वामित्व पूर्ण रूपमा प्राधिकरणले लिएको छ ।

प्राधिकरणले चालू आर्थिक वर्षको वार्षिक बजेट तथा कार्यक्रममा यसका लागि बजेट विनियोजनसमेत गरेको छ । सरकारले यसअघि डिजिटल नेपालको अभियानअन्तर्गत यसको खाका तयार गरेर त्यसलाई स्वीकृत पनि गरिसकेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।