२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

झुक्याएर उद्योगग्राम, स्थानीय आक्रोशित



अ+ अ-

ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाले जग्गादातालाई झुक्याएको भन्दै स्थानीय आक्रोशित बनेका छन्। गाउँपालिकाको केन्द्र राख्ने सर्तमा खेतीयोग्य जमिन निःशुल्क दिएका वडा नं. ३ का स्थानीयको जग्गामा भवन निर्माण नगरी उद्योग ग्राम बनाउने तयारी गरेपछि उनीहरू रुष्ट बनेका हुन्।

१३ स्थानीयले १२ रोपनी ७ आना जग्गा गाउँपालिकालाई निःशुल्क उपलब्ध गराएका थिए। ‘आफूले दिएको जग्गामा भवन निर्माण हुनेमा ढुक्क थियौं’, आत्माराम दाहालले भने, ‘गाउँपालिकाले स्थानीयलाई धोका दियो।’ स्थानीयले प्रेस विज्ञप्ति निकालेर उक्त जग्गामा गाउँपालिकाको भवन नबनाए जग्गा फिर्ता गर्ने जनाएका छन्। माग पूरा नभए कडा आन्दोलन गर्ने चेतावनी जग्गादाताले दिएका छन्।

गाउँपालिकाले वडा नं. ५ मा समेत गाउँपालिकामा जग्गा उपलब्ध गराउन परिपत्र गरेपछि गाउँपालिका केन्द्र कहाँ राख्ने भन्ने विवाद भएको थियो। दुई वडाबीच प्रशासकीय भवन कता बनाउने भन्ने विवाद सुरु भएपछि गाउँपालिकाले जग्गादातालाई थाहै नदिई वडा नम्बर ३ को जग्गामा उद्योगग्राम बनाउने निर्णय गरेको थियो। प्रदेश सरकारलाई बजेट उपलब्ध गराउन २०७६ वैशाख २६ गते माग गरेको थियो। गाउँपालिकाले जग्गादाताबाट भवन निर्माणका लागि दिइएको जग्गाको विवरण उल्लेख गर्दै उद्योग ग्रामका लागि बजेट माग गरेको हो।

गाउँपालिकाको यस्तो निर्णय थाहा पाएपछि जग्गादाता तथा ३ नंं। वडाबासीले आन्दोलन थालेका छन्। आम्दानी खाने खेतबारी काटेर भवन निर्माणका लागि जग्गा दिए पनि गाउँपालिकाले उद्योग ग्राम बनाउने तयारीबारे गाउँपालिका अध्यक्ष मणिराज राईले भने उद्योगग्राम माग गर्दा उक्त जग्गा देखाइएको थियो। तर पनि मापदण्ड नपुगेकाले अर्को जग्गा व्यवस्थापन गरिसकेकाले आन्दोलनको औचित्य नभएको उनले बताए। उनका अनुसार, स्थानीयले नबुझेर आन्दोलन गरेका हुन्।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै