२१ असार २०८३, आईतवार
,
Latest
बीउ उत्पादन कार्यक्रम ५८ स्थानीय तहमा सञ्चालन कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री बादीको संवाद : सुधार, पुनर्स्थापना र बालमैत्री व्यवस्थापनमा जोड सञ्चार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझावसहित संवादमा आउन महासंघलाई सञ्चारमन्त्रीको आग्रह थाइल्यान्डबाट ल्याइएको २.८ केजी गाँजासहित भारतीय नागरिक त्रिभुवन विमानस्थलबाट पक्राउ किसान सूचिकरण अभियानले लियो तीव्र गति, २६ लाख ४५ हजार किसान परिवार सूचीकृत अमेरिकाले भव्य रूपमा मनायो २५०औँ स्वतन्त्रता दिवस- फोटो फिचर कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु सरकारको १०० दिने कार्यसम्पादनबारे कांग्रेसले आज धारणा सार्वजनिक गर्ने पत्रकारिता क्षेत्रलाई नियन्त्रण गर्ने वा त्रसित बनाउने सरकारको सोच छैनः सञ्चारमन्त्री डा. तिमिल्सिना
तपाईं के खोज्दै हुनुहुन्छ ?

४ लाख २५ हजार घर पुनर्निर्माण



अ+ अ-

काठमाडौं । २०७२ वैशाख १२ र त्यसपछिका परकम्पबाट प्रभावित चार लाख २४ हजार नौ सय ७७ लाभग्राहीले सरकारी अनुदान लिइ घर निर्माण गरेका छन्। थप दुई लाख १४ हजार तीन सय १४ लाभग्राहीका घर पुनर्निर्माण भइरहेका छन्।

पुनर्निर्माण सम्पन्न र बनाउँदै गरेका सहित कुल ६ लाख ४४ हजार दुई सय ९१ घर पुनर्निर्माण प्रक्रियामा छन्। यो पुनर्निर्माण गर्नुपर्ने घरको संख्याको ८३ प्रतिशत हो। अनुदान सम्झौता गरेका लाभग्राहीको संख्या सात लाख ७३ हजार दुई सय ४३ छ। राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालु आर्थिक वर्षभित्रै निजी आवास पुनर्निर्माणको मुख्य काम सम्पन्न हुने बताएका छन्। काठमाडौंमा आइतबार आयोजित पुनर्निर्माण समीक्षा कार्यक्रममा उनले भने, ‘गुनासा, जोखिममा परेका वर्ग र बस्ती स्थानान्तरणमा अर्को आर्थिक वर्षमा पनि काम हुन सक्छ। अरु सबै यही आर्थिक वर्षमै सम्पन्न गर्छौं।’

प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरेका अनुसार अनुदान सम्झौता गरेकामध्ये सात लाख ६५ हजार दुई २१ ले पहिलो किस्ता बुझेका छन्। पाँच लाख ९९ हजार चार सय ३९ ले दोस्रो किस्ता बुझिसकेका छन्। तेस्रो किस्ता बुझ्ने लाभग्राहीको संख्या चार लाख ७४ हजार एक सय १९ छ।

कार्यक्रममा दिइएको जानकारीअनुसार पुनर्निर्माण भएका घरमध्ये सबैभन्दा धेरै सिन्धुपाल्चोकमा छन्। त्यहाँ ६७ हजार आठ सय ३४ घर पुनर्निर्माण भएका छन्। यसैगरी, दोस्रो धेरै नुवाकोटमा ५२ हजार ६ सय १३ घर पुनर्निर्माण भएका छन्। धादिङमा ४८ हजार ४ सय ५४, दोलखामा ४४ हजार ५ सय ३३ र गोरखामा ४४ हजार २ सय ३१ घर पुनर्निर्माण भइसकेका छन्।

कम प्रभावित जिल्लामा पनि निजी आवास पुनर्निर्माण सम्पन्न हुने गति बढेको छ। कम प्रभावित जिल्लामध्ये तनहुँमा सबैभन्दा धेरै १० हजार पाँच सय २५ घर पुनर्निर्माण भएका छन्।

सम्झौता नगर्नेको नाम हट्दै

निजी आवास पुनर्निर्माणका लागि लाभग्राहीमा परी २०७६ असार २१ गतेसम्म सम्झौता नगर्नेको नाम लाभग्राही सूचीबाट हटाउने प्रक्रिया सुरु भएको छ। यस्तै, २०७६ असार मसान्तसम्म पहिलो किस्ता नलिने पनि लाभग्राहीको सूचीबाट हट्ने भएका छन्। लाभग्राहीमा सूचीकृत भए पनि करिब ५७ हजारले अनुदान सम्झौता गरेका छैनन्। यस्तै अनुदान सम्झौता गरेर पनि पहिलो किस्ता नलिने लाभग्राहीको संख्या साढे पाँच हजार छ।, समाचार अन्नपुर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।




भर्खरै