७ पुष २०८२, सोमबार
,
Latest
भिरबाट लडेर एकको मृत्यु निर्धारित मितिमै निर्वाचन हुन्छः मन्त्री घिसिङ निर्वाचन सार्ने प्रयास स्वीकार्य हुँदैनः नेकपा नेता पुन एमसीए–नेपालद्वारा २३.६६ मिलियन डलरका दुई सडक मर्मत सम्झौता ओलीमाथि रविको कटाक्षः गुन तिर्न अदालत धाउँदैछु काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै निर्वाचनमा शान्ति सुरक्षा नै प्रमुख चुनौतिः रास्वपा सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का तोडेपछिको मूल्याङ्कन गरिंदै धुरन्धर २०२५ को दोस्रो सर्वाधिक कमाई गर्ने चलचित्र, रणवीरको करिअरकै पहिलो मन्त्रीहरुको अभिव्यक्तिका कारण निर्वाचन भाँडिदैछः नेता पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी एकको मृत्यु, दुई बेपत्ता



अ+ अ-

बाग्लुङ । तमानखोला गाउँपालिका–४ लाम्मेला, सन्टरमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ भने दुई बेपत्ता छन् । गए राति गएको पहिरोमा परी स्थानीय ओमबहादुर श्रीपालीकी श्रीमती ४५ वर्षीया पञ्चकुमारीको ज्यान गएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी स्थानीय देवेन्द्र श्रीपालीकी ७० वर्षीया आमा असारी श्रीपाली र १२ वर्षीय छोरा प्रवीण बेपत्ता भएको बोङ्गादोभान प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक पदम नेपालीले जानकारी दिनुभयो ।

पहिरोमा हराइरहेकाको खोजीकार्य जारी छ । डेढ सय मिटर माथिबाट खसेको पहिरोले पाँच घरमा क्षति पुर्याएको जनाइएको छ । पहिरोमा परी घाइते भएका छ जनालाई स्थानीय र प्रहरी मिलेर उद्धार गरेका छन् । घाइतेलाई उपचारको लागि अस्पताल पठाउने तयारी भइरहेको छ । थप विवरण आउन बाँकी छ ।