१ पुष २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायक आर्यन सिग्देलको ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज



अ+ अ-

नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । यस्तै, त्यसको एक सातापछि नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । यस्तै, असोजको ३ गतेबाट नायक दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ ।

यी तिन कलाकार एकसाथ मित्रता दिवसको अवसरमा भेटिएका छन् । नायिका नम्रता श्रेष्ठले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा यी तिन कलाकार एकसाथ रमाएको देख्न सकिन्छ ।आर्यन र नम्रताको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका पनि छन् ।

चलचित्र बजारमा आर्यन र नम्रताविच सम्बन्ध सुमधुर छैन भन्ने चर्चा चलिरहेको समयमा दुई कलाकारको भेटले यो कुरालाई असत्य समेत सावित गरिसकेको छ ।आर्यन आफैले पनि अनलाइनखबरसँग कुरा गर्दै नम्रतासँग चलचित्रमा काम नगर्दैमा सम्बन्ध नराम्रो नभएको भन्न नमिल्ने बताएका थिए ।

आर्यनले नम्रता र दयासँग अचानक भेट भएको उल्लेख गरेका छन् । उनले, नम्रतालाई ‘नमी’ भनेर सम्बोधन गर्दै ‘जाइरा’का लागि शुभकामना समेत दिएका छन् ।