२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नायक आर्यन सिग्देलको ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज



अ+ अ-

नायक आर्यन सिग्देल अभिनित चलचित्र ‘हजार जुनी सम्म’ साउनको ३० गतेबाट रिलिज हुँदैछ । यस्तै, त्यसको एक सातापछि नायिका नम्रता श्रेष्ठ अभिनित चलचित्र ‘जाइरा’ रिलिज हुँदैछ । यस्तै, असोजको ३ गतेबाट नायक दयाहाङ राई अभिनित चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ रिलिज हुँदैछ ।

यी तिन कलाकार एकसाथ मित्रता दिवसको अवसरमा भेटिएका छन् । नायिका नम्रता श्रेष्ठले इन्स्टाग्राममा पोष्ट गरेको तस्वीरमा यी तिन कलाकार एकसाथ रमाएको देख्न सकिन्छ ।आर्यन र नम्रताको जोडीलाई दर्शकले सर्वाधिक रुचाएका पनि छन् ।

चलचित्र बजारमा आर्यन र नम्रताविच सम्बन्ध सुमधुर छैन भन्ने चर्चा चलिरहेको समयमा दुई कलाकारको भेटले यो कुरालाई असत्य समेत सावित गरिसकेको छ ।आर्यन आफैले पनि अनलाइनखबरसँग कुरा गर्दै नम्रतासँग चलचित्रमा काम नगर्दैमा सम्बन्ध नराम्रो नभएको भन्न नमिल्ने बताएका थिए ।

आर्यनले नम्रता र दयासँग अचानक भेट भएको उल्लेख गरेका छन् । उनले, नम्रतालाई ‘नमी’ भनेर सम्बोधन गर्दै ‘जाइरा’का लागि शुभकामना समेत दिएका छन् ।