१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुधार केन्द्रमै झुन्डिएर आत्महत्या



अ+ अ-

भक्तपुर । भक्तपुरको सूर्यविनायकमा एकजना झुण्डिएको अवस्थामा फेला परेका छन्।

सूर्यविनायक नगरपालिका–९ नंखेलको भाटेढिकुरस्थित नयाँ बिहानी सुधार केन्द्रमा झुण्डिएको अवस्थामा दोलखाको तामाकोसी गाउँपालिका २ झुले निवासी ४४ वर्षीय माधव कार्की शव फेला परेको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका थिए । कोठामा रहेको दुईतले खाटमा आफैले लगाउने ट्रयाकसुटको तुनाको पासो लगाइ शनिबार बिहान झुण्डिएको अवस्थामा फेला परेका हुन्।

कार्कीलाई केन्द्रका कर्मचारीले नै तत्काल उपचारको लागि भक्तपुर अस्पताल लगेका थिए। अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।