२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विषादी परीक्षण प्रयोगशाला प्रदेश ३ मा



अ+ अ-

काठमाडौं । प्रदेश ३ सरकारले विषादी अवशेष परीक्षण प्रयोगशाला सुरु गरेको छ । प्रदेशका पाँच जिल्लामा त्यस्ता प्रयोगशाला स्थापना गरी सोमबारबाटै परीक्षणसमेत सुरु भएको छ । प्रदेश सरकारले पाँच जिल्लामा ३६ लाख रुपैयाँ लगानीमा विषादी अवशेष प्रयोगशाला र प्रति प्रयोगशाला ३२ लाखको लागतमा माटो परीक्षण प्रयोगशाला स्थापना गरेको हो । यसबाहेक सोमबारबाट १२ हजार कृषक परिवारलाई लाभान्वित गराउने गरी ८० लाखको लागतमा घुम्ती माटो परीक्षण प्रयोगशालासमेत सुरु गरिएको छ ।

दैनिक उपभोग्य कृषि उपजको उत्पादनमा विषादीको प्रयोग बढ्दै जाँदा उत्पादक, उपभोक्ता तथा समग्र वातावरणमा नकारात्मक प्रभाव परिरहेको अवस्थालाई मध्यनजर गर्दै प्रयोगशाला सञ्चालन गरिएको मुख्यमन्त्री डोरमणि पौडेलले जानकारी दिए । प्रदेश सरकारले आर्थिक वर्ष ०७५र७६ को नीति तथा कार्यक्रममा विषादी परीक्षण प्रयोगशाला स्थापना र सञ्चालन गर्ने उल्लेख गरेको थियो । त्यसका लागि केहीअघि ‘विषादी अवशेष द्रुत विश्लेषण कार्याविधि, २०७५’ स्वीकृत गरेको थियो ।

माटो तथा मल परीक्षण प्रयोगशाला, हेटौँडा, मकवानपुर, चितवन, ललितपुर, काभ्रे र नुवाकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गरिएको हो । प्रयोगशाला व्यवस्थित र चुस्त राख्न प्रत्येक कार्यालयका तीन–तीनजना प्राविधिकलाई तालिमसमेत उपलब्ध गराइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता निर्मल गदालले जानकारी दिए ।

प्रयोगशाला उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाएर कृषि उपजको आयात रोक्नुपर्ने बताए । उनले प्रदेश सरकारको पाँच खम्बे अर्थ नीतिमध्ये कृषि सबैभन्दा महत्वपूर्ण रहेको धारणा व्यक्त गरे । प्रयोगशालाले प्रति घण्टा ३० वटा तरकारी तथा फलफूलहरूका नमुना परीक्षण गरी प्रतिवेदन दिन सक्नेछ ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।