२१ असार २०८३, आईतवार
,
Latest
मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी जनशक्ति अभावले बैतडीको ट्रमा सेन्टर चार वर्षदेखि सञ्चालनविहीन सरकारप्रति गगनको कटाक्ष: लाइफभन्दा लाइकको चिन्ता बढी छ निर्वाचन हारपछि एमालेमा पुनर्गठनको गृहकार्य तीव्र, थापा नेतृत्वको कार्यदल बैठक असार २५ मा सञ्चारसम्बन्धी विद्यमान कानुनको पुनरावलोकन गर्न जोड सरकारले संविधानको संवेदनशीलता बिर्सियो: गगनकुमार थापा मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैनः अध्यक्ष श्रेष्ठ लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोली नेदरल्यान्ड्स प्रस्थान, क्यानद्वारा बिदाइ एक हजारभन्दा बढी प्रतिनिधिसहित घरेलु तथा साना उद्योग महासङ्घको महाधिवेशन सुरु ३९ लाख ठगीको अभियोगमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

३ सचिवको अवकाश, एकले पाए नियुक्ति



अ+ अ-

काठमाडौँ । निजामती प्रशासनका वरिष्ठतम् तीन सचिवमध्ये अर्जुनकुमार कार्की, दीपेन्द्रनाथ शर्माले मंगलबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । अर्का वरिष्ठ सचिव विष्णु लम्सालले भने अनिवार्य अवकाश पाउनुअघि राजनीतिक नियुक्ति पाएका छन् ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सचिव कार्की र खानेपानी मन्त्रालयका सचिव शर्माले विशिष्ट श्रेणीको पाँचवर्षे पदावधि पूरा गरी मंगलबारदेखि लागू हुने गरी अनिवार्य अवकाश पाउँदै छन् ।

कार्की र शर्मासँगै सचिवमा बढुवा भएका लम्साललाई भने मन्त्रिपरिषद्ले प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको वरिष्ठ अध्ययन निर्देशक नियुक्त गरेको छ । लम्सालले सचिवको पाँचवर्षे पदावधि सकिएर अनिवार्य अवकाश पाउनु चार दिनअघि उनलाई विशिष्ट श्रेणीको अर्को पदमा नियुक्त गरिएको हो । लम्साल ६० वर्ष पूरा नभएम्म वरिष्ठ अध्ययन निर्देशकको पदमा बहाल रहनेछन् ।

कार्की, शर्मा र लम्सालपछिका अर्का वरिष्ठ सचिव कृष्ण देवकोटाले समेत बिहीबारदेखि अनिवार्य अवकाश पाउँदै छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव देवकोटाले ५८ वर्ष पूरा गरी उमेरका कारण अवकाश पाउन लागेका हुन् । साउनभित्रै विज्ञान तथा प्रविधि सचिव कृष्णराज बीसीले पनि ५८ वर्ष पूरा गरी अनिवार्य अवकाश पाउँदै छन् ।

कार्की, शर्मा, लम्साल र देवकोटाले अवकाश पाएपछि गृहसचिव प्रेमकुमार राई र उनीसँगै बढुवा भएकाहरू सबभन्दा वरिष्ठ हुनेछन् । राईसँगै बढुवा भएका सचिवमा अर्थ मन्त्रालयका राजन खनाल, नेपाल ट्रस्टका गजेन्द्र ठाकुर र उपराष्ट्रपति कार्यालयका रामकुमार आचार्य छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सचिव राईलाई मुख्यसचिव बनाउन चाहेको स्रोतले उल्लेख गरेको छ । वरिष्ठ चारै जनाले अवकाश पाएपछि राईसहितका चारमध्ये एकलाई मुख्यसचिव बनाउन सकिनेछ । त्यसका लागि मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारले व्यवस्थापन गर्नुपर्ने स्रोतको भनाइ छ । रेग्मीको पदावधि अझै एक वर्षभन्दा बढी बाँकी छ ।

सरकारले मुख्यसचिवलाई हटाउने कानुनी व्यवस्थासमेत छैन । त्यही कारण सरकारले रेग्मीलाई मनाएर कुनै आकर्षक मुलुकमा राजदूत बनाएर या राजनीतिक नियुक्ति दिएर पठाएमा मात्र राईलाई मुख्यसचिवमा बढुवा गर्ने बाटो खुल्नेछ । राई मुख्यसचिवमा बढुवा भए पनि लामो समय पदमा रहन पाउने छैनन् ।

उनी आगामी पुससम्म मात्रै मुख्यसचिव हुनेछन् । उनले ५८ वर्ष उमेर पूरा गरी पुसमा अवकाश पाउनेछन् । रेग्मी पूरै अवधि पदमा रहे भने राई मुख्यसचिव हुन पाउने छैनन् । रेग्मीभन्दा अघि राई, खनाल, ठाकुर र आचार्यले अनिवार्य अवकाश पाइसक्नेछन् । त्यतिबेला परराष्ट्र सचिव शंकर बैरागी सबभन्दा वरिष्ठका नाताले मुख्यसचिवका दाबेदार हुनेछन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।