२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको १५औँ महाधिवेशन पेपरलेस र डिजिटल प्रविधिबाट गराउने तयारी मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसद्ले कानुन निर्माण गर्छ : सभामुख अर्याल अर्थतन्त्र अझै जटिल अवस्थामा छ, मौद्रिक नीतिले सुधारमा ध्यान दिनुपर्छः परिसंघ उपाध्यक्ष घिमिरे ३–५ वर्षको मध्यमकालीन दृष्टिकोणसहित मौद्रिक नीति ल्याउन अर्थविद् थापाको सुझाव माधवजी र मलाई कसरी सिध्याउने भन्नेमा ओलीको हाइटमा बालेन छैनन्ः दाहाल निर्माण व्यवसायीले सरकारबाट भुक्तानी नपाउँदा बैंकिङ क्षेत्र दबाबमा छः सिईओ ज्ञवाली मालदह आँपको उत्पादन घट्दा बजार मूल्य दोब्बर, किसान भने मूल्यबाट वञ्चित कोशी प्रदेशसभाः विनियोजन विधेयकमाथिको छलफल सकियो बेपत्ता कर्मचारी हटाउने अभियानमा कृषि मन्त्रालय, नार्कका दुई कर्मचारी सेवाबाट बर्खास्त मौद्रिक नीति कसिलो बनाउने आधार छैन : पूर्वगभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१४ औं महाधिवेशनको वातावरण बनाउन केन्द्रिय समितिलाई दवाव



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका जिल्ला सभापतिहरुले पार्टीको जारी केन्द्रीय बैठकमा १४ औं महाधिवेशनको वातावरण बनाउन केन्द्रिय समितिलाई दवाव दिएका छन् ।

इतिहासमै सबैभन्दा कमजोर अवस्थामा पुगेको काँग्रेसको तल्लो तहको अधिवेशनको समय लम्बिदा महाधिवेशन अझै लम्बिने तर्क गर्दै मंगलबार काठमाडौंमा उपलब्ध जिल्ला सभापतिहरुले छिटोभन्दा छिटो अन्तरिम संरचना बनाएर तत्काल महाधिवेशन गरी नयाँ नेतृत्व छान्न दवाव दिएका हुन् ।

नुवाकोटका जिल्ला सभापति जगदिश्वर सिंह केसीले नेपाल समाचारपत्रसँग भन्नभयो–१५ जनाभन्दा बढी जिल्ला सभापतिले काँग्रेसलाई समयमै महाधिवेशन गरी पार्टीलाई चलायमान बनाउन जोड दिएका हौँ ।’

काँग्रेसको केन्द्रिय समितिले १३ औं महाधिवेशनको क्रममा बनेको संगठनको स्थानीय संरचनालाई रुपान्तरण गरी संघीय व्यवस्थाबमोजिम विधानको धारा ७२ अनुसार अन्तरिम संरचना बनाउने निर्णय गरेसँगै जिल्ला सभापतिहरुले १४ औं महाधिवेशन तत्काल गर्न नेतृत्वलाई दबाब दिँदै आएका हुन् ।

स्मरणीय छ, काग्रेस बैठकले आउदो मंसिर मसान्तभित्र क्रियाशील सदस्य अभिलेख अद्यावधिक गर्ने कार्य सम्पन्न गरेपछि मात्र १४ औं महाधिवेशनको कार्यतालिका बनाउने निर्णय गरेको थियो । मंसिरपछि मात्र अन्तरिम संरचना गठन हुने र केन्द्रिय समितिको नियमित कार्यकाल फागुनमा सकिने भएकाले फागुनभित्रै १४ औं महाधिवेशन सम्भव नहुने जिल्ला सभापतिहरूको तर्क ।

तर विधानमा एकवर्षअघि नै जिल्ला तहसम्मको अधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था भएकाले केन्द्रिय समितिको कार्यकाल एकवर्ष अनिवार्य थपिने र १४ औं महाधिवेशन अघि तल्लो तहको दुईपटक अधिवेशन हुने केहीको भनाइ छ ।

काग्रेसको केन्द्रिय बैठक आज वुधवार पनि बस्दैछ । आजको बैठकमा नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना संयोजन समितिको प्रतिवेदन, केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रतिवेदन र राष्ट्रिय जागरण अभियानको प्रथम चरणको प्रतिवेदन माथि छलफल हुने बताइएको छ ।, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।




भर्खरै