२१ असार २०८३, आईतवार
,
Latest
सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी आईजीपी कार्की अमेरिका प्रस्थान चारआली ओभरपासः ५० प्रतिशत काम सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

मेरै कार्यकालमा मेलम्ची आयोजना सम्पन्न हुन्छ : मन्त्री मगर



अ+ अ-

काठमाडौं । खानेपानीमन्त्री विना मगरले आफ्नै कार्यकालमा मेलम्ची खानेपानी आयोजना सम्पन्न गर्ने गरी काम अघि बढाइरहेको बताएकी छिन् । निर्माण गरिरहेको ठेकेदार कम्पनी नै टाट पल्टिएपछि पछिल्लो समय काम रोकिए पनि अब चाँडै गति लिने बताइन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा खानेपानी तथा सरसफाइसम्बन्धी विधेयकको सैद्धान्तिक छलफलमा सांसदले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री मगरले भनिन्, ‘मेलम्ची खानेपानी आयोजनाको प्रक्रिया सुरु भएदेखि हालसम्म २४औँ पटक मन्त्री फेरिएको र २५औँ पटक मन्त्री फेरिनुअघि नै आयोजना सम्पन्न हुने गरी काम गरिरहेको छु ।’

विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा कांग्रेस सांसदहरू राजेन्द्रकुमार केसी, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, लक्ष्मी परियार, प्रकाश रसाइली स्नेही लगायतले मेलम्ची आयोजनामा भइरहेको ढिलाइबारे प्रश्न गरेका थिए । उनीहरूले नयाँ ठेक्काका नाममा अनियमितता बढ्दै गएको आरोप लगाए ।

मन्त्री मगरले यसअघिका सरकारको उदासीनतालाई चिर्दै आयोजना सम्पन्न गर्न लागेको दाबी गरिन् । ‘मेलम्ची सम्पन्न गर्ने अभिप्रायका साथ खटिएका छौँ । सुरुमा तीन वर्षसम्म सक्ने भनिएको योजना यतिका वर्ष लागिसकेको छ । अवरोध केही समय भयो । सिएमसी कम्पनी आर्थिक रूपमा टाट पल्टिनका लागि खानेपानीमन्त्री र सरकारको कुनै भूमिका छैन भन्ने आत्मसात् माननीयले गरिदिनुपर्‍यो,’ मन्त्री मगरले भनिन् । खानेपानीसम्बन्धी रहेको नीतिगत कतिपय समस्या फुकाउन मन्त्रालयले यो विधेयक संसद्मा प्रस्तुत गरेको उनले बताइन् ।, समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।