१० भाद्र २०८३, बुधबार
,
Latest
बाढी प्रभावितको उद्धार, उपचार र पुनःस्थापनाको पूर्ण जिम्मेवारी सरकारले लिन्छ: प्रधानमन्त्री शाह रसुवा बाढीः उद्धार तथा राहतको लागि रास्वपाले सरकारलाई ५० लाख आर्थिक सहयोग गर्ने बाढी जोखिमप्रति सतर्क रहन एनआरएनए पोर्चुगलको अपिल बाढीपहिरो प्रभावितको उद्धारमा जुट्न क्याप्टेन थापाको आह्वान पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्णरुपमा बन्द बाढीपहिरोका कारण प्रतिनिधिसभा बैठक स्थगित रसुवा बाढीमा पूर्वराजा ज्ञानेन्द्रको चासो, बेपत्ताको खोजी र उद्धार तीव्र पार्न आग्रह भोटेकोशी बाढीः नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति युएसएस अब्राहम लिङ्कन थाइल्यान्डतर्फ तिब्बतबाट आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा अपूरणीय क्षति, उद्धार र राहतमा जुट्न राजनीतिक…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगलागीबाट घर जलेर नष्ट



अ+ अ-
सांकेतिक तस्बिर



विराटनगर । मोरङको ग्रामथान गाउँपालिका–१ का बिहीरा माझीको घरमा बुधबार राति आगलागी भएको छ।

राति १० बजे लागेको आगो स्थानीय र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी राजकुमार खिउजुले बताए।

आगलागीमा माझीको फुसको छानो भएको घरसहित ३५ मन धान, दुई सय किलो चामल, लत्ताकपडा, एउटा सोलार, फर्निचरका सामानलगायत जलेर खरानी हुँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ।

उनका अनुसार आगलागीपछि माझी परिवारको बिचल्ली भएको छ।आगलागीको कारण खुल्न नसकेको र प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको बताए।