३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar ‘सम्पत्ति धितोमा आधारित कर्जा प्रणालीले परियोजना कर्जालाई निरुत्साहित गर्‍यो’: राष्ट्र बैंक News Polar कुशको शव बनाएर पत्रकार थामीको अन्त्येष्टि News Polar भदौमा पाँच अर्बको विद्युत् निर्यात News Polar प्रभावकारी कार्यान्वयनको प्रतीक्षामा संविधान News Polar सर्वश्व गुमाएकी विष्णुकुमारी निःशुल्क मिर्गौला प्रत्यारोपणपछि पूर्ण स्वस्थ भई डिस्चार्ज News Polar राष्ट्र बैंकको स्वायत्तता कमजोर पार्न खोजिँदैछः पूर्वअर्थमन्त्री डा. खतिवडा News Polar कर्णालीको विकासमा केन्द्रित हुन प्रदेश प्रमुख जोशीको आग्रह News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’

रारामार्ट अनलाईनको घोषणा: हरेक शुक्रबार अनलाईन हाटबजार, ग्राहकलाई नि:शुल्क स्वास्थ्य बीमा

रारामार्ट अनलाईनको घोषणा: हरेक शुक्रबार अनलाईन हाटबजार, ग्राहकलाई नि:शुल्क स्वास्थ्य बीमा
अ+ अ-

काठमाडाैंः नेपालीहरुको अगुवाईमा जापानबाट शुरुभएको रारामार्ट अनलाईन सपिङ्ग ब्राण्डले नेपालमा समेत आफ्नो सेवा प्रारम्भ गरेको छ । राजधानीमा शुक्रबार आयोजित एक कार्यक्रमका बिच रारामार्ट नेपालले एक अनौठो कार्यक्रमको घोषणा गरेको छ ।

अबदेखि हरेक शुक्रबारलाई अनलाईन हाटबजारका रुपमा भारी छुटमा सामानहरु बिक्री गरिने गरी ‘रारा फ्राईडे’ सार्वजानिक गरिएको छ । यसका अतिरिक्त कम्पनीले ‘सपिङ्ग पनि निशुल्क स्वास्थ्य बीमा पनि’ कार्यक्रम घोषणा गरेको छ ।
नेपालमा भौतिक रुपमा हाट बजार रहेपनि अनलाईनमा हाट बजार सुरु गरिएको भने यो पहिलो पटक हो । कुनै ठाउँ बिशेषमा भौतिक रुपमा हाट बजार लागेपनि सबै उपभोक्ताहरुलाई उक्त ठाउँमा पुगेर सामान किन्न असम्भव हुनेहुँदा रारामार्टले ईन्टरनेटको माध्यमबाट सबैलाई पहुँच पुर्याउन यस्तो कन्सेप्ट सुरुगरेको आयोजकहरुले बताएका छन ।

रारा फ्राईडे भोली श्रावण २४ गते देखी हरेक हप्ता शुक्रबार राति १२ः०० बजेदेखी २४ः०० बजेसम्म रहने छ । आयोजकहरुका अनुसार भोली शुक्रबार रारा फ्राईडेमा तीज बिशेष बस्तुहरु न्यूनतम् ५० प्रतिशत छुटमा बिक्री हुनेछ ।
कार्यक्रममा रारामार्ट नेपालका अध्यक्ष प्रदिपजंग पाण्डेले रारा फ्राईडे मार्फत नेपालमा हरेक शुक्रबारलाई सपिङ्ग–डेका रुपमा बिकाश गर्न लागिएको बताए । ‘रारा फ्राईडे मार्फत नेपाली उपभोक्ताहरुले सस्तो मुल्यमा सामानहरु पाउने र बिक्रेताले पनि स्टक क्लियरिङ्गका लागी ठुलो परिमाणमा बिक्री बितरण गर्न सक्नेछन्’ कम्पनीका अध्यक्ष पाण्डेले भने ।
कम्पनीको सेवा सुबिधाबारे कम्पनीका अध्यक्ष पाण्डेले पहिलो पटक रारामार्टले काठमाण्डौंमा निशुल्क तथा २४ घण्टे डेलिभरी सुबिधा सुरु गरेको बताए । रारामार्टमा रहेका प्रडक्टहरुको गुणस्तर र मुल्यबारे अध्यक्ष पाण्डेले भने, ‘हामी बस्तुहरुको गुणस्तरियताको बिषयमा निकै संबेदनशिल छौं र कुनैपनि ग्राहकले हाम्रा अनलाईन बिक्रेताहरुबाट गुणस्तरहिन बस्तु पाउने छैनन् । यदि त्यस्ता सामानहरु कथंकदाचित बिक्री भईहालेमा त्यसलाई बिनासर्त फिता गरिने छ’ । उनले थपे, ‘ग्राहकहरुको गुणस्तरियताको सुरक्षाको प्रत्याभुतिका लागी ग्राहकले सामान बुझेको १ हप्ता पछिमात्र सामानको मुल्य बिक्रेतालाई भुक्तानी गर्ने सिष्टमको बिकाश गरिएको छ’ ।
यसैबीच रारामार्टले आफ्नो वेभसाईटबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारको निशुल्क स्वस्थ्य उपचार दिने पनि घोषणा गरेको छ । रारामार्ट नेपालका अध्यक्ष तथा प्रख्यात उद्योगपति प्रदिपजंग पाण्डेले प्रिमियर ईन्स्योरेन्स कम्पनीसँगको सहकार्यका निशुल्क स्वास्थ्य बीमा कार्यक्रम ल्याईएको जानकारी दिए । रारामार्टबाट सपिङ्ग गर्दा ग्राहक र ग्राहकको परिवारका सदस्यहरुले निशुल्क रुपमा बीमाको परिधीमा रही उपचार खर्च प्राप्त गर्नेछन् ।
रारामार्ट नेपालका कार्यकारी निर्देशक डा. जीवन अम्गाईका अनुसार यस्तो कार्यक्रम नेपालमै पहिलो पटक सार्वजानिक भएको हो । उनका अनुसार ग्राहकले आँफुले चाहेको जुनसुकै अस्पतालमा गएर उपचार गरेपनि आफ्नो बीमाको परिधी भित्र रहेर आफ्नो परिवारको लागी स्वास्थ्य उपचार खर्च प्राप्त गर्न सक्नेछन् ।


उनका अनुसार रारामार्टका ग्राहकले पाउने स्वास्थ्य बीमा सुबिधा न्यूनतम् २५ हजार र अधिकतम् १ लाख रुपैयाँ हुनेछ र सुबिधा रारामार्टमा रहेका करिब २५ हजार प्रडक्टहरु मध्ये जुनसुकै प्रडक्टहरु खरिद गर्दापनि यो सुबिधा प्राप्त गर्न सकिने छ । उनले बीमा दाबी र भुक्तानी सम्बन्धी प्राबधानहरु नेपालको बीमा सम्बन्धी ऐन तथा बीमा समिती नेपालको निर्देशिकाहरुमा गरिएको प्रचलित व्यवस्था अनुरुप प्रिमियर ईन्स्योरेन्स कम्पनी लि.बाट प्राप्त गरिने छ ।
कार्यक्रममा रारामार्ट जापानका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले रारामार्ट नेपाल यतिबेला आक्रामक कार्यक्रमहरु बनाएर अघि बढिरहेको र नेपालको उत्साहप्रद व्यसायीक बिस्तारले आँफुहरुलाई हौसाईरहेको बताए । उनले रारा ग्रुपले अमेरिकामा कम्पनी दर्ता गरिसकेको र सन् २०२० मा अमेरिकाबाट पनि कार्य प्रारम्भ गर्ने बताए ।

कार्यक्रममा प्रिमियर ईन्स्योरेन्स कम्पनीका निमित्त प्रमूख कार्यकारी अधिकृत सहदेब तिवारीले रारामार्टको हेल्थ ईन्स्योरेन्स कार्यक्रममा आफुहरु सहभागी हुन पाएकोमा खुसी लागेको बताउँदै आफ्नो कम्पनीले दाबी भुक्तानी प्रक्रियालाई सहज बनाउने बताए ।
कार्यक्रममा रारामार्ट जापान तथा अमेरिकाका प्रतिनिधिको पनि उपस्थिति रहेको थियो ।