१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाडीभाडा नतिरे ५ हजार जरिवाना !



अ+ अ-
तस्बिर : राजन के.सी

काठमाडौँ । सार्वजनिक यातायातमा भाडा नतिर्नेलाई १ हजारदेखि ५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने प्रावधानसहित सरकारले ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात प्राधिकरण’ विधेयक संसद्मा दर्ता गरेको छ ।

प्रमुख कार्यकारी अधिकृत, प्राधिकरणले तोकेको अधिकृत वा ट्राफिक प्रहरीको कम्तीमा सहायक निरीक्षकले उक्त जरिवाना
गर्न सक्ने प्रावधान विधेयकमा छ ।

यात्रुसँग अमर्यादित व्यवहार र भाषा प्रयोग गर्नेलाई समेत हजारदेखि ५ हजारसम्म जरिवाना प्रस्ताव गरिएको छ । नभएको सुविधा माग्नेलाई पनि जरिवाना हुनेछ । प्राधिकरणले यातायातसम्बन्धी अल्पकालीन तथा दीर्घकालीन योजना र रणनीति तयार गर्ने, एकीकृत यातायात प्रणाली विकास गर्ने, सूचना प्रविधि जडान गरी नगदविहीन विद्युतीय भाडा प्रणाली विकास र कार्यान्वयन गर्ने काम गर्ने छ।

सार्वजनिक यातायातको समय निर्धारण गर्ने, यातायातसम्बन्धी नियमित रूपमा संकलन, अभिलेखन, अद्यावधिक गरी त्यसको गुणात्मक विकास, यात्रुको टिकट ढाँचा निर्धारणलगायत काम पनि प्राधिकरणलाई तोकिएको छ । टिकटको ढाँचा निर्धारण, बिसौनी, यात्रु प्रतीक्षालय तथा पार्किङ स्थल निर्धारण, त्यस वरपर शौचालयको व्यवस्थालगायत न्यूनतम सेवासुविधा व्यवस्था गरिनेछ । प्रमुख व्यापारिक केन्द्र, मल, आवास क्षेत्रमा सार्वजनिक यातायात सेवा उपलब्ध गराएबापत तोकिएबमोजिमको सेवा शुल्क निर्धारण गर्नेलगायतकाम प्राधिकरणले गर्ने विधेयकमा छ ।

प्राधिकरणको सम्पूर्ण कामकारबाही सञ्चालन, रेखदेख र व्यवस्थापनका लागि १५ सदस्यीय ‘काठमाडौं उपत्यका सार्वजनिक यातायात परिषद्’ हुनेछ । यसको नेतृत्व काठमाडौं महानगर प्रमुखले गर्नेछन् । साथै, परिषद् उपाध्यक्षमा ललितपुर महानगरका प्रमुख र सदस्यमा भक्तपुर नगर प्रमुखलगायत विभिन्न ट्राफिक प्रहरी, उपत्यकाका नगरपालिकाका प्रमुखहरू रहनेछन् ।

विधेयकमा बस, ट्याक्सी, मेट्रो रेल, लाइट रेल, मोनो रेल, रेल, केबलकार, स्काई रेल र राइड सेयरिङलाई समेत समेटिएको छ । विधेयक संसद्बाट पारित भए पठाओ, टुटलजस्ता राइड सेयरिङ सेवा उपलब्ध गराउँदै आएका यातायातलाई समेत सार्वजनिक यातायातको समूहमा समेटिनेछ । विधेयक पारित भए ६ महिनाभित्र उपत्यकाका यातायात कम्पनी प्राधिकरणमार्फत सञ्चालन गरिनेछन् ।, समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।