• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   सहिदको स्मृतिमा उद्यान निर्माण ★   सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित ★   सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले वाचन गरेको महामन्त्री ढकालको प्रतिवेदनमा के छ ? – पूर्णपाठ ★   रास्वपा बैठकमा महामन्त्री ढकालले पेश गरे प्रतिवेदन ★   टीआरसी विधेयकमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी ★   राष्ट्र अप्ठ्यारोमा परेका बेला दलहरूबीच संवाद र साझा प्रयास आवश्यक हुन्छ: अध्यक्ष ओली ★   कोशी बाढीको क्षति रोक्न सुनसरी र सप्तरीमा उच्च शतर्कता ★   नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई नेपाली काँग्रेसको आग्रह ★   एसइईमा नवलपुरका १२ विद्यालयको नजिता‘शून्य’ ★   आफ्नै पसल चोरीको अभिनय गर्दा…

अन्तरिक्ष यानद्वारा इतिहासमा पहिलो पटक सूर्यको ‘स्पर्श’



इतिहासमा पहिलो पटक मानवनिर्मित वस्तुले सूर्यको वायुमण्डलमा प्रवेश गरेको छ र जीवित भएर सोबारे बताउन सकेको छ । नासाको पार्कर सोलार प्रोबले धेरै टाढा आफ्नो कक्षमा फर्किनुअघि सूर्यको कोरोनामा किरणहरु समात्न र डाटा सङ्कलन गर्न पाँच घण्टा बिताएको छ । 

ताराको भ्रमणका लागि यो सबैभन्दा नजिकको भ्रमण हो, नयाँ डाटाले सूर्य कसरी विकसित भयो र यसले कस्तो व्यवहार देखाउँछ भन्ने हाम्रो बुझाइमा ठूलो ढोका खोल्नेछ । यो नयाँ खोज मङ्गलबार फिजिकल रिभ्यू लेटर्समा प्रकाशित भएको छ । 

‘पार्कर सोलार प्रोबले ‘सूर्य स्पर्श’ गर्नु सौर्य विज्ञानका लागि एउटा महत्वपूर्ण क्षण हो र वास्तवमै यो एक उल्लेखनीय उपलब्धी हो’, नासाका सह प्रशासक थोमस जुर्बुचेनले एक विज्ञप्तिमा भनेका छन्, ‘यो कोसेढुङ्गाले हाम्रो सूर्यको विकास र हाम्रो सौर्यमण्डलमा पार्ने प्रभावहरुमा गहिरो अन्तरदृष्टि मात्र प्रदान गर्दैन, हामीले हाम्रो आफ्नै ताराको बारेमा सिकेका सबै कुराले हामीलाई ब्रह्माण्डका बाँकी ताराहरुका बारेमा पनि सिकाउँछ ।’ 

पार्करलाई सन् २०१८ मा एक दिनका लागि सूर्यको कोरोनामा पुग्ने लक्ष्यका साथ प्रक्षेपण गरिएको थियो । सूर्यको कोरोना भनेको प्लाज्माको बाहिरी सीमा हो जुन ताराको सतहभन्दा लाखौँ माइलसम्म फैलिएको हुन्छ ।