२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

विधेयक थन्किएको थन्कियै



अ+ अ-

काठमाडौँ । राज्य व्यवस्था तथा सुशासन समितिमा नागरिकता विधेयकमाथिको दफाबार छलफल रोकिएको महिनौं भयो । वैवाहिक अंगीकृत, जन्मसिद्धका आधारमा नागरिकता पाउने, दण्डसजायलगायत विषयमा विवाद भएपछि रोकिएको छलफल कहिले सुरु हुन्छ, यसै भन्न सकिन्न ।

विवाद समाधानमा लागि सांसद विजय सुब्बाको संयोजकत्वमा गठित उपसमिति बैठक ६ पटक बसेको छ । तर उसले समितिमा प्रतिवेदन बुझाएको छैन । राष्ट्रिय मानव अधिकार, मिडिया काउन्सिल, सुरक्षा परिषद्, शान्ति सुरक्षा, लोकसेवालगायत विधेयक विवादमा परेपछि छलफल हुन सकेको छैन । यी विधेयकलाई प्रतिपक्षले संसद्बाट हुबहु पारित गर्न नदिने घोषणा गरेको छ ।

राष्ट्रिय परिचयपत्र वितरणसम्बन्धी विधेयकमा ६ महिना सोही समितिमा रोकिएर शुक्रबार फेरि छलफल सुरु भएको छ । विधेयक पारित भएर कानुन नबन्दै परिचयपत्र वितरण गरेको र टेन्डर प्रक्रियामा अनियमितता भएको भन्दै सत्ता र विपक्षीले विरोध जनाइरहेकै अवस्थामा छलफल सुरु भएको छ । राष्ट्रिय सभाबाट उत्पत्ति भएको मिडिया काउन्सिलसम्बन्धी संशोधन र एकीकरण गर्न बनेको विधेयक विवादमा परेपछि रोकिएको छ । कतिपय विधेयकमाथिको छलफलमा विभागीय मन्त्रीले समय नदिँदा छलफल अघि बढाउन नसकिएको समितिहरूको गुनासो छ ।

विभागीय मन्त्री अनुपस्थित हुँदा शुक्रबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक स्थगित भयो । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव अन्तिम समयमा नआएपछि औद्योगिक व्यवसाय विधेयकमाथिको छलफलका रोकिएको थियो । गत वैशाखमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले संसद् सचिवालयमा दर्ता गराएको राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रण विधेयक अर्थ समितिमा छ । उक्त विधेयक सुरुमा राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएपछि फेरि अर्थमा फर्काइएको हो ।

समितिले उक्त विधेयकमाथि छलफल चलाएको छैन । समितिमा हाल आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयकमाथि छलफल भइरहेको छ । प्रतिनिधिसभामा पेस भएको भूउपयोगसम्बन्धी विधेयकका कतिपय प्रावधान संविधानसँग नमिलेको भन्दै सत्ता पक्षकै सांसदले विरोध जनाएका छन् । यी केही प्रतिनिधिमूलक उदाहरण हुन् । सरकारले कानुन निर्माणका लागि तयार पारेका ३५ भन्दा बढी विधेयक प्रतिनिधिसभा, राष्ट्रिय सभा र संसदीय समितिहरूमा छलफलको चरणमा छन् ।

कतिपय विधेयक एक वर्षदेखि समितिहरूमा रोकिए पनि निकास पाएका छैनन् । विधेयक पारित गरेर कानुन नबन्दा कतिपय काम संघीय संरचनाअनुसार भएका छैनन् । संघीय निजामती सेवा गठनसम्बन्धी विधेयक राज्य व्यवस्थामा छलफल भएको महिनौं बित्यो । उक्त विधेयक पारित नभई प्रदेशले सरकारी, निजामती र स्थानीय सेवासम्बन्धी कानुन बनाउन सक्दैन । संघीय निजामती सेवालाई नै आधार मानेर प्रदेशले निजामती कर्मचारीसम्बन्धी कानुन बनाउन सक्दैन ।

प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने विधेयक राज्य व्यवस्था समितिबाट पारित भएको छ । प्रदेश तथा नेपाल प्रहरीले सम्पादन गर्ने कार्यको सुपरीवेक्षण र समन्वय सम्बन्धमा बनेको विधेयक राज्य व्यवस्थाबाट पारित भएको छ । समितिले दुवै विधेयकलाई प्रतिनिधिसभामा पेस गर्ने तयारी गरेको छ । प्रतिनिधिसभा हुँदै राष्ट्रिय सभाबाट पारित हुने प्रक्रियाका कारण कानुन बन्न महिनौं लाग्नेछ । यसबाट प्रहरी समायोजका लागि अझ लामो समय कुर्नुपर्ने अवस्था छ ।

विधेयकहरूमाथि छलफल चलाएर कानुन निर्माण प्रक्रियालाई छिटो गर्न सभामुख कृष्णबहादुर महराले समिति सभापतिहरूलाई अनुरोध गरेका छन् । महराले शुक्रबार राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशिकला दाहाल र संसदीय समितिका सभापतिसँग आफ्नै कार्यकक्षमा बैठक बोलाएर विधेयकको अवस्थाबारे जानकारी लिएका थिए । ‘केही अप्ठ्यारा छ भने भन्नुस्, तर काममा तीव्रता दिनुपर्‍यो,’ उनले सभापतिहरूलाई भने ।

प्रधानमन्त्री विदेशबाट फर्केपछि संसद् कहिलेसम्म चलाउने यकिन हुने उनले जानकारी दिएका थिए । ‘संसद् चल्दासम्म विधेयकहरू धमाधम पारित गरेर कानुन निर्माण गर्नुपर्ने अवश्यकता सभामुख महराले औंल्याए,’ बैठकमा सहभागी एक सभापतिले बताए । महराले सभातिहरूसँग विधेयकहरूलाई ढिलो नगरी अघि बढाउन आग्रह गरेका थिए ।

सभामुखले समितिमा रहेका विधेयक र यसको अवस्थाबारे जानकारी लिएको बैठकमा सहभागी विकास तथा प्रविधि समितिकी सभापति कल्याणीकुमारी खड्काले जानकारी दिइन् । महराले समितिको गतिविधिका विषयमा सबै सभापतिबाट अनौपचारिक राय लिएका थिए । सभापतिहरूले संसद र समितिको बैठकको समय तालिकामा तालमेल मिलाउनुपर्नेमा जोड दिए । संसद् बैठकका कारण समितिको छलफल प्रभावित भएकाले बैठकअघि तालमेल मिलाउनुपर्ने उनीहरूको भनाइ छ ।

सांसदहरूलाई वितरित र समितिमा छलफलमा रहेका विवादित विधेयकबारे छलफल नथाल्दा निकास कसरी दिने भन्ने बाटो बन्द भएको छ । राजधानीमा शनिबार आयोजित सिन्धुपाल्चोकका पार्टी कार्यकर्तासँगको भेटघाटमा यी विधेयकहरूले नागरिकको अधिकार कुण्ठित गरेकाले पारित गराउन नदिने कांग्रेस सांसद गगनकुमार थापाले दाबी गरे । सरकारले जबर्जस्ती गर्न खोजे आफूहरूले पनि सोहीअनुसार प्रतिकार गर्ने उनको भनाइ छ ।

सत्तापक्षीय सांसद तथा कानुन, न्याय एवं मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले समयमा विधेयक पारित भएर कानुन नबन्दा जनताका कतिपय अधिकार कुण्ठित हुने बताए । संविधानमा लेखेका विषय पनि कार्यान्वयन हुन सकेका छैनन्,’ पोखरेलले भने, ‘संविधानमा जन्मसिद्धका आधारमा नागरिकता दिने लेख्ने तर कानुन बनाउँदा विवाद गर्ने हुँदैन ।’

केन्द्रीय सरकारले बनाउने मार्गनिर्देशका आधारमा प्रदेश र स्थानीय तहले कानुन बनाउनुपर्ने प्रावधानका कारण विधेयक रोक्दा राज्यले गर्ने दैनिक काममा असर पर्ने उनको भनाइ छ । संविधान बनेको ४ वर्ष बित्दा पनि ऐन, कानुन नबन्नु गलत भएको उनले बताएको समाचार कान्तिपुर दैनिकमा प्रकाशित छ ।