१३ भाद्र २०८३, शनिबार
,
Latest
बाढीले क्रसर, खानी र बालुवा प्रशोधन उद्योगमा क्षति, पुनःस्थापनामा सरकारसँग सहकार्य गर्ने महासंघको प्रतिबद्धता सरकारले स्रोतको कुनै कमी हुन दिँदैनः अर्थमन्त्री वाग्ले भोटेकोशी बाढीः पन्ध्र देशका १८७ पर्यटकको उद्धार कृषि तथा वन विज्ञान विश्वविद्यालयले विपद् उद्धार कोषमा रकम जम्मा गर्ने भोटेकोशी बाढी : पीडितका लागि तिलगङ्गा आँखा प्रतिष्ठानद्वारा एक करोड एक लाख सहयोग तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव फेला परराष्ट्रमन्त्री खनाल र भेनेजुएलाका विदेशमन्त्री प्लासेन्सियाबीच टेलिफोन वार्ता स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन नारायणी नदी किनारमा भेटिएका पहिचान नभएका शवहरूको अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमा व्यवस्थापन गर्न शुरु राज्यका सबै किमिसका संयन्त्रबाट प्रभावित प्रत्येक नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय कंग्रेसको अध्यक्षमा पुनः सोनिया गान्धी



अ+ अ-

काठ्माण्डौ । राहुल गान्धीले अध्यक्ष पदबाट राजिनामा दिएको अढाई महिनापछि बसेको भारतिय कंग्रेसको वर्किङ कमिटीको बैठक ले ७२ वर्षे सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको छ ।

वर्किङ कमिटीको बैठकमा राजिनामा दिइसकेका राहुललाई नै पुनः अध्यक्षमा फर्कन धेरैले आग्रह गरे पनि राहुलले आफू अब अध्यक्षमा फिर्ता नहुने अडान लिए पछी बैठकअले सोनिया गान्धीलाई अन्तरिम अध्यक्ष चयन गरेको हो ।तेस्तै बैठकले राहुल गान्धीको कार्यकालको प्रसंसा गर्दै धन्यवाद उनलाई धन्यबाद ब्यक्त गरेको छ ।

गान्धी परिवारभन्दा बाहिरको नेतृत्व चयन गरिने चर्चा चलेको भए पनि बैठक १२ घण्टासम्म लम्बिदा पनि वैठकले अध्यक्ष चुन्न नसके पछी पुना सोनिया गान्धिले नेतृत्व लिएकी हुन ।

भारतिय कांग्रेसको विधान अनुसार कार्यसमितिलाई अंतरिम अध्यक्ष छान्न पाउने अधिकार छ ।आगामी छ महिना भित्र बसने भारतिय कांग्रेस प्लेनरी सत्रको बैठकले पूर्णकालिन अध्यक्ष तय गर्ने छ ।अबको पूर्णकालिन अध्यक्ष पनि एक कार्यकाल सोनिया गान्धीनै बन्ने सम्भाबना रहेको बताइएको छ ।

सोनियाले पहिलो पटक सन् १९९८ मा कंग्रेस अफ्ठ्यारो समयबाट गुर्जिरहदाँ अध्यक्ष पद सम्हालेकी थिइन् । त्यसबेला उनी कंग्रेसको इतिहासमै सबैभन्दा लामो समय अर्थात १९ वर्ष अध्यक्ष पदमा रहेकी थिइन ।

भारतिय कांग्रेसको नेतृत्वमा लगातार गान्धी परिवारनै रहने भन्दै उक्त पार्टिले परिवारबादको आरोप झेल्दै आएको छ ।