२१ असार २०८३, आईतवार
,
Latest
कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप शासकीय सुधारलाई निरन्तरता दिन सरकारलाई कांग्रेसको समर्थन जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल सामाजिक चेतनामूलक चलचित्र ‘बिषहरण’को अडिसन सम्पन्न गोरखामा मरुवा सङ्क्रमणका कारण चैतेधानमा क्षति प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान बिपी प्रतिष्ठानको सेवा विस्तारमा सरकार प्रतिबद्ध छः स्वास्थ्यमन्त्री मेहता हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता पदयात्रा पर्यटनका समस्या समाधान गर्न पर्यटनमन्त्रीसँग ध्यानाकर्षण कोशी अस्पतालको अतिक्रमित जग्गा खाली गराउन गृहमन्त्री गुरुङको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शेयर बजार ओरालो यात्रामै, ५ अंकले बजार घट्याे



अ+ अ-

काठमाडौँः धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक अाइतबार पनि ओरालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.८४ बिन्दुले घटेर एक हजार २३३.७१ बिन्दुमा पुगेको छ । सेन्सेटिभ परिसूचक ०.४० बिन्दुले घटेर २६७.६० बिन्दुमा पुगेको छ ।

नेप्से ओरालो लागेसँगै कारोवार रकमसमेत सस्तैमा समेटिएको छ । कूल १६६ कम्पनीको ११ लाख ४५ हजार ५०७ कित्ता शेयर रु ३१ करोड १७ लाख ५६ हजार ८५६ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार कारोवार भएका कूल १२ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । व्यापार १३.७७, होटल १६.४६, वित्त १.२५, अन्य १.८८ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले बढेको छ ।

यस्तै बैंकिङ ५.०३, विकास बैंक ४.२९, जलविद्युत् ८.८४, निर्जीवन बीमा ३२.१९, उत्पादन १४.७३, लघुवित्त ६.६ र जीवन बीमा ३७.६६ बिन्दुले घटेको छ । स्टकका अनुसार कारोवारका आधारमा आइतबार रसुवागढी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको कूल रु चार करोड ५९ लाख ५९ हजार ४६८ बराबरको शेयर कारोवार भयो ।

साञ्जेन जलविद्युत् कम्पनीको रु दुई करोड ७९ लाख ९७ हजार ११४, नेपाल इन्भेस्टमेन्ट बैंक रु एक करोड ३७ लाख ३८ हजार ५३१, नेपाल बैंक लिमिटेड रु एक करोड १८ लाख ४४ हजार ७६६, कृषि विकास बैंक रु एक करोड १० लाख ८३ हजार ३९ र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड सात लाख ६३ हजार २७६ बराबरको शेयर कारोवार भई शीर्ष स्थानमा रहेको छ ।

स्टकका अनुसार साल्ट टेड्रिङ कर्पोरेशन ९.११ स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.५५, सिर्जना फाइनान्स ४.३०, साञ्जेन जलविद्युत् कम्पनी ४.०२, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.६४ र यूनिभर्सल पावर कम्पनीका शेयरधनीले २.३३ प्रतिशतले कमाएका छन् ।

एनसिसि बैंक ९.९१, जोशी हाइड्रोपावर ८.१०, पाँचथर पावर ८.०२, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर ४.४८, नेपाल सेवा लघुवित्त वित्तीय संस्था ४.१३, आशा लघुवित्त ३.५५ र छ्याङदी हाइड्रोपावरका लगानीकर्ताले ३.५२ प्रतिशतले गुमाएका छन् ।