• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने ★   टी–२० वरियतामा अस्ट्रेलियाका ट्राभीस हेड पहिलो स्थानमा उक्लिए ★   पाकिस्तानको कराँचीमा अत्यधिक गर्मीका कारण २५ जनाको मृत्यु ★   सरकारको अनुमतिबाट खोलिएका उद्योगहरु नवीकरण गर्नुपर्छः प्रमुख सचेतक बर्तौला ★   दीपकराज गिरीको कटाक्षः वार्तासँग होइन अन्तर्वार्तासँग डर लाग्छ ★   एसईईको नतिजा बिहीबार बिहान सार्वजनिक गर्ने

डडेल्धुराका सहायक वन अधिकृत तीन लाख घुससहित पक्राउ



डडेल्धुरा । डडेल्धुराको भत्काँडा वन सब–डिभिजन कार्यालयका सहायक वन अधिकृत सुरेश कुमार डिसी पक्राउ परेका छन् ।

काठको काम मिलाई दिने भन्दै ब्यापारीबाट तीन लाख २६ हजार घुस लिएका डिसीलाइ अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले डडेल्धुराको भाँत्काँडाबाट आइतबार पक्राउ गरेको हो।

अख्तियारको टोलीले ३ लाख २६ हजार नगद बरामद गरिएको आयोगको महेन्द्रनगर कार्यालयका सूचना अधिकारी टोपबहादुर विष्टले जानकारी दिए। पक्राउ परेका डिसीलाई राति नै महेन्द्रनगर लगिएको छ।