१ असार २०८३, सोमबार
,
Latest
ट्राफिक प्रहरीद्वारा एकै दिन साढे १० लाख राजस्व संकलन लुम्बिनी प्रदेश सरकारको बजेट आज मलेसियाको खुद्रा व्यापारमा पहिलो त्रैमासिकमा ३.७ प्रतिशतको वृद्धि अमेरिका र इरानबीतको ऐतिहासिक शान्ति सम्झौता पूर्ण रुपमा सम्पन्न भएको ट्रम्पको दाबी मुक्तिनाथ बाबाको सपनामा निर्मित एक सुप्रसिद्ध तीर्थस्थल- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य संघीय संसद्का दुवै सदनको बैठक बस्दै जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी ‘बुक फ्रि डे’, बीमा र दिवा खाजा कार्यक्रमले सामुदायिक विद्यालयमा आकर्षण बढ्यो असार १: पहिलो विद्यार्थी आन्दोलन जयतु संस्कृतम् सुरु भएको दिन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति र प्रधानमन्‍त्रीसहित प्रमुख नेताहरूले दिए बकर इदको शुभकामना



अ+ अ-

काठमाडौं । इस्लाम धर्माबलम्बीको महान् पर्व बकर इदका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत नेताहरुले शुभकामना दिएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटमार्फत बकर इद मुबारक भन्दै शुभकामना दिएका छन्।प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्–२०७६ सालको इद–उल–अज्हा (बकर इद) को शुभ अवसरमा सम्पूर्ण मुस्लिम दिदी बहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीले सम्पूर्ण इस्लाम धर्माबलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्दै शुभकामना दिएकी छन्। ु

यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले मुस्लिम समुदायको महान् चाड बकर–इदलाई भाइचारा र पारिवारिक मिलनको पर्व भन्दै शुभकामना व्यक्त गरेका छन्।

उनले भाइचारा र पारिवारिक मिलनको रुपमा मनाइने इस्लाम धर्मबलम्बीहरुको महान् पर्व इद–अल–अधाले राष्ट्र निर्माण, राष्ट्रिय एकता, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव, आपसी मित्रतालाई सुदृढ् गर्ने विश्वास लिएको बताएका छन्।

यस्तै, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि बकर इदका अवसरमा शुभकामना दिएका छन्।इदका अवसरमा सोमबार शुभकामना दिँदै उनले यस पर्वले सम्पूर्ण नेपाली जनसमुदायमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगति ल्याउन सकोस् भन्दै कामना गरेका छन्।

नेपाली कांग्रेसका नेता तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि इद मुबारक भन्दै शुभकामना दिएका छन्।उनले ट्वीट गर्दै स्वदेश तथा विदेशमा रहेकालाई शुभकामना दिएका छन्।